समाचार

  • लक्ष्मी पुजाका लागि बालेको दियोले घर जलेर ध्वस्त ।

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम २१ कात्तिक 
    सोलुखुम्बु ः खोटाङको रावावेशि गाउँपालिका वडा नं १ कुविण्डे स्थीत टिकाराम मगरको घरमा आगलागि भएको छ । लक्ष्मी पुजा गर्न बालिएको दियो बाट आगलागि हुँदा घरमा पूर्ण रुपामा क्षति पुगेको जानइएको छ ।
    गाउँपालिकामा दमकल नभएको र आगलागि भएको नजिकै पानीको स्रोत पनि नभएकाले आगो नियन्त्रणमा आउन नसकेको स्थानिय विष्णु उपरकोटीले जानकारी दिनुभयो । कुविण्डेमा प्रहरी नभएको तथा स्थानियले आगो निभाउने प्रयास गरिरहेका उपरकोटीले बताउनुभयो ।
    घटनास्थलमा प्रहरी आइपुग्न करिब २ घण्टा लाग्ने बताईएको छ । आगलागिबाट मानविय क्षति नभएपनि धनमाल जलेर नष्ट भइसकेको उहाँले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org