समाचार

  • दुर्घट्नामा घाईते मध्ये तीन जनालई काठमान्डौ लगियो ।

    news

    भोजराज कार्की 
    सोलु एफ.एम २१ कात्तिक 
    सोलुखुम्बु ः  सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चनमा जीप दुर्घट्ना हुँदा घाइते भएका ७ जना मध्ये ३ जनालाई काठमाडौँ लगिएको छ । दुर्घटनामा गम्भिर घाइते भएकी २६ वर्षिय केसु भनिने मनुकला राई, १७ वर्षिय मनरुपी राई र १० वार्षिया बालिका सवीना खत्रीलाई काठमाडौँै रिफर गरिएको छ ।
    अन्य घाइतेको भने जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ३५ वर्षिया गितादेवी खत्री, ४० वर्षिय रामकुमार राई, २७ वर्षिय दिनेश राई र १३ वर्षिय मवीना राईको फाप्लुमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुले जानकारी दिनुभयो ।
         मंगलबार  भएको दुर्घटनामा १९ बर्षिया सरिना राईको घट्ना स्थलमै मृत्यु भएको थियो । सोलुहाइड्रो पावर ८६ मेगावाटले प्रयोग गर्ने बा ९ च ९६४७ नम्बरको बोलेरो दुर्घट्ना भएको वडा अध्यक्ष भुपालसिंह राईले जानकारी दिनुभयो । उक्त बोलेरो थुलुङदुधकोशी गाउँपालिका १ नेले स्थीत मंगलबारे साप्ताहिक हाटबाट निर्मानाधिन हाईड्रो पावर स्थल पञ्चन तर्फ जादै गर्दा दुर्घट्ना भएको बताईएको छ । उक्त बोलेरोमा सवार सबै साप्ताहीक हाटबाट घरतर्फ जादै थिए । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org