समाचार

  • रियल डिङनिटि र अनेरास्ववियु उपाधिका लागि भिड्ने ।

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम १५ कात्तिक 
    सोलुखुम्बु ः सोलुखुम्बुको नेचासल्यानमा आयोजित नेचासल्यान गोल्डकपमा फाइनलमा रियल डिङनिटि र अनेरास्ववियु सल्लेरी भिड्ने भएका छन । आ–आफ्ना खेलमा विजयि हुदै दुवै टिमले उपाधि भिडन्त पक्का गरेका हुन ।
         बिहिबार भएको पहिलो सेमिफाइनलमा गार्मा ब्रदर्शलाई ३–१ ले पराजित गर्दै रियल डिङनिटिले फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै दोस्रो सेमिफाइनलमा अनेरास्ववियुले हिलेपानी युथ क्लबलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
         रियल डिङनिटिलाई विजयि गराउन अनुप श्रेष्ठले २ र सुरेन राईले १ गोल गर्नु भयो । गार्माका लागि सोनाम शेर्पाले १ गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।
         दोस्रो खेलमा अनेरास्ववियुलाई विजयि गराउन विक्रम श्रेष्ठ एक्लैले ४ गोल गर्नुभयो । त्यस्तै कृष्ण के.सी, अर्जुन राईले समान १–१ गोल गर्नु भयो । हिलेपानी युथबाट विपिन राईले एक सान्त्वना गोल गर्नु भयो ।
         यहि कात्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगितामा २१ टिम सहभागि रहेका थिए । विजेता टिमले १ लाख नगद र प्रमाण तथा दोस्रो हुने टिमले ७० हजार, तेस्रो हुने टिमलाई ४० हजार र चौथो हुनेलाई २० हजार मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org