समाचार

  • मिरमिरे युथको विजयि सुरुवात ।

    news

    अन्जु कार्की 
    सोलु एफ.एम १३ कात्तिक 
    सोलुखुम्बु ः  मिरमिरे युथ क्लब सोलु दुधकुण्ड नगरपालिका ११ तिङलाले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको मंगलबार उद्दघाटन गरिएको छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा जम्मा २१ टिमले सहभागिता जनाएको क्लबका सचिब भेषकुमार रानामगरले जानकारी दिनुभयो ।  
    प्रतियोगिताका विजेतालाई ३० हजार उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र  प्रदान गरिने मगरले बताउनुभयो ।  कार्यक्रमको उद्दघाटन सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यता तथा मिरमिरे युथ क्लबका अध्यक्ष हेमन्त राज गुरुङको सभाध्यक्षतामा कार्यक्रम सम्पन भएको छ ।
    मंगलबार भएको खेलमा उद्घाटन खेलमा मिरमिरे एकता क्लबल विजयि भएको छ । मिरमिरेले कैलाश्वरी युवा क्लबलाई २०–२५,२५–२२ र २५–२१ ले विजयि भएको छ । विजयीसँगै मिरमिरे क्वाटर फाइनलमा प्रबेश गरेको छ । बुधबार चागेस्थान युवा बिकास मन्च पताले र टिमुरभोटे युवा क्लब बिच प्रतिस्पर्दा हुने आयोजकले जनाएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org