समाचार

  • ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमा सार्वजनिक ।

    सोलु एफ एम,असोज ३१,
    सोलुखुम्बु ः डा. रेनुका सोलुको ‘सोलुखुम्बु आउनु है हजुर’ बोलको गीत सार्वजनिक गरिएको छ । जसिहाङ राईको संगीत तथा जेनी खालिङ र जसिहाङ राईको स्वर दिनुभएकोे ‘सोलुखुम्बु आउनु है हजुर’ गीत गाउँले इन्टरटेनमेन्ट यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
    जसिहाङ राईको संगीत तथा सुमन केसीको एरेञ्जमेन रहेको उक्त गीतको कोरस भने मुना, सुमित्रा, सुस्मा, प्रवेश र कुमार लगायतका कलाकारहरुको रहेको छ । साहित्यमा समेत अब्बल रहनुभएकी डा.रेनुकाले गित मार्फत आफ्नो जन्मभुमिलाई ब्याख्या गर्नुभएको छ । 
    गीतमार्फत सोलुखुम्बु जिल्लाको प्राकृतिक, धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको सुन्दरताका बारेमा बयान गरिएको छ । सो गीतको भिडियो समेत निर्माण गरिएको छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org