समाचार

  • गौतम सागर र साबीत्राको माया टाढा भएपछि ......

    news

    भोजराज कार्की, २४ असोज 
    सोलुखुखुम्बु ः पुर्वेली लोक गायक गौतम सागर राईको दुई वटा नयाँ गीत बजारमा आएको छ । केही हप्ता अगाडी मात्र पुर्वेली लोक गीत “भेटौला नी साँईली” बजारमा ल्याउन सफल गायक राईको फेरी ‘माया टाढा भो’ बोलको गीत बजारमा आएको हो ।
    बुधबार एक कार्यक्रमका बीच उक्त गीत सार्वजानिक गरिएको छ । लामो समय देखी अमेरिकाको बसाईमा रहनुभएका राई एक महिना अगाडी नेपाल आउनुभएको हो । गीतसंगीतमा अब्बल मानिने राईले नेपालबसाईको क्रममा बिभिन्न गीत रेकर्ड संगै सार्वजानिक समेत गर्दै आउनुभएको छ । गीतकार शिखर गजरकोटेको गीत लेखन, प्रियजन राईको भाकामा सावित्रा राई र आफ्नो स्वरमा पुर्वेली जुहारी ‘माया टाढा भो’ र गायक राईको आफ्नै लेखन, आश कुमार राईको संगीत र सुवास जोशीको स्वरमा गजल गीत सार्वजनिक गरिएको छ ।
     
    ‘माया टाढा भो’ गीतमा सावित्रा र गौतम सागर राईको जुहारी परेको छ । ५ बर्ष अघि दिलको ड्राईभर बोलको गीत संगै गाउनुभएका गायक गायीकाले यस पटक “माया टाढा भो” गीतमा आवाज दिनुभएको हो । उक्त गीत पुर्वेली जुनतारा म्यूजिक प्रा.लि. मार्फत बजारमा ल्याईएको छ । गायक गौतम सागर राई सोलुखुम्बुको सावीक पावै ९ हुलुमा जन्मनुभएको हो । बाल्यकाल सामान्य अवस्थामा बिताउँनुभएका गायक राई हाल अमेरिका बस्नुहुन्छ । अमेरीकामा बस्दा समेत  गीतसंगीतमा समय दिनुहुने गायक राईले नेपालमा आउँदा विभिन्न गीती भिडियो समेत निर्माण गर्ने बताउँनुभएको छ । 
    प्रदेश नम्बर एककै पहिलो सामुदायिक रेडियो सोलु एफ एममा नाछिरिङ कुलुङ भाषाको कार्यक्रम सञ्चालन गर्नुभएका गायक राई अहिले सोलु एफ एमको अमेरिका बिशेष प्रतिनिधिको रुपमा कार्यरत हुनुहुन्छ । २०६१ सालमा स्थापना भएको सामुदायिक रेडियोकै कारण अगाडी बढ्न सफल भएको बताउँनुहुने राई समाजसेवामा समेत सक्रिय हुनुहुन्छ । 
                  ५ बर्षकै उमेरमा बुवाको माया गुमाए पछी घरको आर्थीक अवस्था झनै कम्जोर भएपछि खुम्बु क्षेत्रमा भरिया काम गरेर स्कुल पढ्नुभएका गायक राईले २०६३ साल मा एस एल सि उत्र्तीण गर्नुभएको हो । उच्च शिक्षा संगीत पढन १६०० सय रुपैया बोकेर शहर पसेको अनुभव सुनाउनुहुन्छ । काठमण्डौमा घर बनाउने ज्यामी देखी कहिले मनाङ मुस्ताङ ट्रेकिङको भारी बोकेर आर आर क्याम्पस बाट संगित र नेपाली साहित्यमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org