समाचार

  • दशैँमा तडक भडक नगर्न प्रशासनको अनुरोध ।

    news

    सोलु एफ.एम २५ आश्विन 
    सोलुखुम्बु ः  जिल्ला प्रशासान कार्यालय सोलुखुम्बुले तडकभडक रहित चाडपर्व मनाउन सम्पुर्ण नागरिकलाई आग्रह गरेको छ । अनैतिक कार्य नगरी संस्कृतीको जगेर्ना गर्दै बिकृती रहित ढंगबाट चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको हो ।
         आफ्नो औकात अनुुुसार चाड मनाउन प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरले सबैलाई आग्रह गुर्नभयो । पछिल्लो समय तडकभडक सहित चाडपर्व मनाउँदा विभिन्न घट्नासमेत घटेको स्मरण गनुहुदै प्रजिअ रानाले व्यवस्थित र सह्वार्दपूर्ण ढङ्गले मनाउन समेत गर्नुभयो । 
    साथै उहाँले जिल्लाका सबै जनतालाई पूर्ण रुपमा सुरक्षाको प्रत्याभुती दिन प्रशासन तयार रहेको पनि दावी गर्नुभयोे ।  चार्ड पर्व लक्षित सुरक्षाको विषयमा प्रदेशमा योजना पठाइएको र स्वीकृति भएर आइसकेको भन्दै त्यसै अनुसाको कार्ययोजना तयार भएको जिल्ला प्रहरी प्रमुख तथा डि.एस.पि सालिकग्राम शर्माले जानकारी दिनुभयो ।
    चार्ड पर्वमा कुनै पनि किसिमको मादक पदार्थको सवन गरि हो हल्ला गर्नेलाई जुन सुकै अवस्थामा पनि कार्वाहि गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । चाडपर्वको बेला जुवातास खेल्ने खेलाउने तथा मादक पदार्थ सेवन गरेर समाजमा अशान्ती पैदा गर्ने जोकोहीलाई जतिसुकैबेला पनि कानुनी कठगारामा ल्याउन प्रहरी प्रशासन तयार रहेको उहाँको भनाई छ । कहि कतै कसैले अनैतीक क्रियाकलाप गरेको पाईएमा तत्काल प्रहरी प्रशासनलाई खबर गर्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org