समाचार

  • खुम्बु क्षेत्रमा खाद्यसंस्थानको चालम ढुवानीका लागि सम्झौता सकियो ।

    news

    सोलु एफ.एम २४ आश्विन 
    सोलुखुम्बु ः नेपाल खाद्य सस्थानको चामल खुम्बु ढुवानीको लागि सम्झौता सम्पन्न भएको छ । खाद्यसँस्थानको चामल खुम्बु लाने टेन्डर आर.के कन्टक्सन फाप्लुले पाएको छ । 
         सम्झौता अनुसार सल्लेरीबाट खुम्बु क्षेत्रमा करिव २ सय क्वीन्टल चामल पु¥याउनु पर्ने खाद्य सस्थान सोलुखुम्बुका प्रमुख शम्भु प्रसाल रेग्मीले जानकारी दिनुभयो । आर.के कन्टक्सने दशैँ पछि चामल ढुवानीको काम सुरु गर्ने सहमति भएको कार्यालय प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
         सल्लेरीमा चामल विक्रि हुन छाडे पछि अव डिपो नै खुम्बुमा राख्न पहल भइरहेको उहाँको भनाइ छ । विभागसँग कुरा भइरहेको भन्दै छिटै निर्णय हुने उहाँको विश्वास रहेका छ ।
         आपूmहरुले निर्णय गरेर पठाइ सकेको भन्दै विभागले निर्णय गरेर पठाएको १ हप्तामा खुम्बु क्षेत्रमा डिपो राखिसक्ने प्रमुख रेग्मीको दावि रहेको छ । खाद्यको चामल लिएर मदिरा बनाउने गरेका भन्ने विषयमा रेग्मीले उपभोक्ताले किनेर लगिसके पछि के गर्छन त्यस विषयमा आपूmलाई चासो नभएको धारणा व्यक्त गर्नु भयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org