समाचार

  • काङ्ग्रेस नेता दाहाल नेकपामा प्रवेश ।

    news

    सोलु एफ.एम २४ आश्विन 
    सोलुखुम्बु ः तत्कालीन जिल्ला बिकास समितिका उपसभापति एवम् नेपाली काग्रेसका नेता पुण्यप्रसाद दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । नेकपा सावीक सल्यान गाविसले आयोजना गरेको चियापान तथा दशै एवम् तिहारको शुभकामना आदनप्रदान कार्यक्रमका अवसरमा नेता दाहाल दर्जनौ कार्यकता सहित पाटी प्रवेश गर्नुभएको हो । 
    शुभकामना आदानप्रदान कार्यक्रममा स्वघोषणा गर्दै पुर्व जिविस उपसभापति दाहाल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) मा प्रवेश गर्नु भएको हो । दाहाललाई नेकपाका केन्द्रीय सदस्य एवं सोलुखुम्बुका सांसद हेमकुमार राई (सुरवीर) एवं नेचासल्यान गाउँपालिकाका अध्यक्ष एवं नेकपाका नेता डुफकुमार बाँस्तोलाले पार्टीमा स्वागत गर्नु भयो ।
    पार्टी प्रवेश गर्दै दाहालले नेकपाको जनलहर देखेर प्रवेश नगरेको दावी गर्दै राप्रपा, कांग्रेस लगायतका पार्टीहरुमा राजनैतिक चरीत्र, संकार नभएको, व्यक्तिवादी चरित्र हावी भएको र सांगाठानिक पद्धति शून्य रहेकाले नेकपामा प्रवेश गरेको बताउँनुभयो । 
          कार्यक्रममा प्रमुख अतिथि हेमकुमार राईले सोलुखुम्बुको विकासका लागि तीनै तहका सरकारसंग समन्वय गर्दै समृद्ध सोलुखुम्बु निर्माणका लागि निरन्तर लागि परिरहेको बताउनु भयो ।
          त्यसै गरि कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले पालिकाले तयार गर्नुपर्ने र पार्नुपर्ने नीतिगत ऐन, नियमका कुराहरु करिब सबै तयार पारिसकेको र राजपत्रमा प्रकाशित गरिसकिएको दावी गर्नुभयो । अब नेचासल्यान गाउँपालिका विकासका लागि दौडिने उहाँको भनाई छ । 
         नेकपाका नेता केशरबहादुर राईको अध्यक्षतामा बसेको शुभकामना आदानप्रदान कार्यक्रमलाई नेकपाका नेता डिबि राई, सहिद कुसुम स्मृति प्रतिष्ठानका अध्यक्ष लोकेन्द्रबहादुर राउत, नेकपाका नेता रामेश्वर कार्की , जगनाथ बांस्तोला, मणिराम थुलुङ लगायतले सम्बोधन गर्नु भएको थियो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org