समाचार

  • वायुसेवा निगमले लुक्लामा एकैदिन तीन उडान भ¥यो ।

    news

    भोजराज कार्की 
    सोलु एफ.एम २० आश्विन 
    सोलुखुम्बु ः तेञ्जिङ हिलारी बिमानस्थल लुक्लामा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले तीन उडान भरेको छ । निगमका प्रवक्ता अशोक सिग्देलले चीनबाट ल्याइएको वाई–१२ ई विमानबाट लुक्लामा व्यावसायिक उडान भरिएको जानकारी दिनुभयो । 
    निगमले आन्तरिक उडानको सेवा विस्तारलाई तीव्रता दिएसंगै लुक्लामा शनिबार मात्रै तीन उडान भरेको हो । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको निगमले जनाएको छ ।
    शनिबार लुक्लाका लागि चार उडान तालिका राखिए पनि मौसमको खराबीले तीन मात्र उडान गरिएको उहाँले उल्लेख गर्नुभयो । यो उडानलाई निगमको इतिहासकै ठूलो उपलब्धि मानिएको छ । यसअघि निगमको ट्वीनअटर विमानले बेलाबखत मात्र लुक्लामा उडान गर्ने गर्दथ्यो । पर्यटकीय मुख्ययाम शुरु भएको र लुक्लामा विदेशी पर्यटकको चाप हुने भएकाले पनि निगमले यो गन्तव्यलाई प्राथमिकता दिएको जनाएको छ । लुक्लासँगै डोल्पा, सिमिकोट, ताल्चा, जुम्ला, जोमसोमलगायत क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको प्रवक्ता सिग्देलले जानकारी दिनुभयो ।  करीब २० वटा गन्तव्यमा आन्तरिक उडान भर्दै आएको निगमसँग हाल–दुई ग्राउण्डेड सहित चार वाई–१२, एक एमए–६०, दुई टुइनअटरलगायत नौ वटा विमान छन् । अन्तराष्ट्रियतर्फ हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई, हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई विमानबाट निगमले अन्तराष्ट्रिय उडान गरिरहेको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org