समाचार

  • इंग्लिस प्रिमियर लिगमा एभर्टन, टोटनह्याम, लेस्टर, म्यान्चेस्टर सिटि र आर्सनल विजयी ।

    news

    इंग्लिस प्रिमियर लिगमा एभर्टनले फुलह्यामलाई ३–०ले पराजित गरेको छ । शनिबार रातिको खेलमा फुलह्यामलाई पराजित गर्दा जी शिगरसनले २ तथा सेंक टसनले एक गोल गरेका थिए ।
     
    यस्तै टोटनह्यामले हडल्सफिल्डलाई २–० ले पाखा लगाएको थियो । टोटनह्यामका लागि दुवै गोल ह्यारि केनले गरेका हुन् । 
     
    अर्को खेलमा लेस्टर सिटीले न्यू क्यासलमाथि २–० को जित निकालेको छ । पहिलो गोल जिमी भर्डिले पेनाल्टीमार्फत गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । यसैगरी ७३औं मिनेटमा ह्यारी मागुरोले दोस्रो गोल गरेका थिए ।
     
    उल्भर ह्याम्पटनले साउथ ह्याम्पटनमाथि पनि २–० कै जित निकालेको छ । उल्भरका लागि ७९ औं मिनेटमा इभान काभ्लेरो तथा ८७ औं मिनेटमा जोनी क्यास्ट्रोले एक एक गोल गरेका थिए । राति नै भएको खेलमा म्यान्चेस्टर सिटिले ब्राइटनलाई २–० ले पराजित ग¥यो । उसका लािग रहिम स्टर्लिङ र सर्जियो अगुरोले १–१ गोल गरे । जितसँगै सिटि अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । त्यसै गरि अर्को खेलमा आर्सनलले वाडफोर्डलाई २–० ले नै पराजित ग¥यो । उसका लागि मेसुट ओजिलले  १ गोल गरे भने १ गोल आत्मघाति उपहार पाएको थियो । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org