समाचार

  • सातौ पटक भारतलाई एसिया कप क्रिकेटको उपाधि ।

    news

    आश्विन १३
     दुवइमा भएको एसियाकप क्रिकेटको उपाधि भारतले जितेको छ । भारतको यो ७ औँ एसिया कप उपाधि हो । फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको बङगलादेशले ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय २२ रन बनाउन सक्यो । उसका लागि लिटन दासले १ सय २१ रनको योगदान दिए भने सोमुसरकारले ३३ रनको योगदान दिए पनि अन्यको प्रदशन सम्झन लायक रहेन । 
    बङ्गलादेशलाई सस्तैमा रोक्नका लागि भारतका तर्फबाट कुल्दीप यादवले ३ र केदार ज्यादभले २ विकेट लिए । २ सय २३ रनको लक्ष्य लिएर ब्याटिङ् गरेको भारतले निर्धारीत ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ४८ रन बनाएका थिए भने दिनेश कात्तिकले ३७ र महेन्द्र सिंह धोनीले ३६ रन बनएका थिए । 
    फाइनलको म्यान अफ द म्याच बङ्गलादेशका लिटन दास भए भने म्यान अफ द सिरिज भने भारतका शिखर धवनले घोषित भए । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org