समाचार

  • स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार ।

    news

    आश्विन १२ 
    सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ । 
     
    आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारीको सम्भावनाबारे छलफल गर्न लागेको हो । 
     
    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक बजारमा रोजगारीको अवसर सिर्जना गरी वैदेशिक रोजगारीको दरलाई न्यूनीकरण गर्न छलफल शुरु गरिएको बताउनुभयो । उहाँले स्वदेशमै रोजगारी उपलब्ध गराउन सरोकारवालासँगको छलफललाई तीव्रता दिनुभएको छ । 
     
    श्रममन्त्री विष्टले बिहीबार सूचना प्रविधिका क्षेत्रमा रोजगारीको बृहत् सम्भाव्यताबारे कम्प्युटर एसोशियसन नेपाल ९क्यान० महासङ्घका पदाधिकारीसँग छलफल गर्नुभयो । 
     
    सो अवसरमा मन्त्री विष्टले सूचना प्रविधि ९आइटी० का क्षेत्रमा रोजगारीको ठूलो सम्भावना रहेको बताउँदै आइटी क्षेत्रमा ठूलो सङ्ख्यामा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभयो । यस क्षेत्रबाट बढीभन्दा बढी रोजगारी उपलब्ध गराउन सकिने उल्लेख गर्दै उहाँले सूचना प्रविधि क्षेत्रका रोजगारीलाई व्यवस्थित र मर्यादित बनाइनुपर्नेमा जोड दिनुभयो । 
     
    आइटी क्षेत्रले प्रदान गर्नसक्ने रोजगारीका अवसरका बारेमा खुला छलफल गर्न सुझाव दिँदै मन्त्री विष्टले छलफलका क्रममा प्राप्त सुझाव सरकारलाई उपलब्ध गराउन आग्रह गर्नुभयो । प्राविधिक शिक्षाको अभावमा मानिस अब निरक्षर बराबर हुने उल्लेख गर्दै उहाँले विद्यालय तहमा कम्प्युटर शिक्षालाई अनिवार्य विषयका रुपमा लैजान आफूले पहल गर्ने बताउनुभयो । 
     
    क्यान महासङ्घले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानको प्रशंसा गर्दै उहाँले सरकारी कार्यालयलको दस्तावेजलाई ‘डिजिटलाइज्ड’ गर्नसके हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना हुने बताउनभुयो । 
     
    क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधिका क्षेत्रमा रोजगारीको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै स्वदेशमै रोजगारी उपलब्ध गराउने सरकारको योजना सफल बनाउन महासङ्घको भरपुर सहयोग रहने बताउनुभयो । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org