समाचार

  • एसिया कप क्रिकेटको फाइनलमा भारत र बङगलादेश भिड्ने ।

    news

    आश्विन  ११ 
    दुवईमा भइरहेको एसिया कप क्रिकेटको फाइनलमा भारत र बङगालादेश भिड्ने भएका छन । गए राति भएको खेलमा विजयी हुदै बङ्गलादेशले भारतसँगको फाइनल भेट पक्का गरेको हो । 
    टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो । उसका लागि मुस्फीकर रहिमले ९९ तथा महोमदुल्लाले ६० रनको योगदान दिए । पाकिस्तानका लागि जुनेद खानले ४ विकेट लिए भने हसन अलि र साइन अफ्रीदिले समान २–२ विकेट लिए । 
    २ सय ४० रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारीत ओभरमा ९ विकेट गुमाएर २ सय २ रन मात्र बनाउन सक्यो र ३७ रनले पराजित भयो । पाकिस्तनका लागि इन्जमान उल हक ले ८३ रन बनाउनु बाहेक अन्यको प्रदशन सम्झन लायक भएन । बाङगलादेशको लागि मुस्ताफिजुर रहमानले ४ विकेट लिए भने मेहन्दी हसनले २ विकेट लिए । 
    फाइनल खेल शुक्रबार भारत र बङगलादेश विच खेल हुने छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org