समाचार

  • अलैंची सुकाउन बालेको आगोले घर जल्यो ।

    news

    सोलु एफ.एम १० आश्विन 
    खोेटाङ ः अलैंची सुकाउनका लागि बालेको आगोले खोटाङमा घर जलेको छ ।  अलैंची सुकाउने क्रममा अलैंची भट्टीबाट सल्किएको आगोले खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेको हो । कटेरामा रहेको अलैंची भट्टीबाट सुरु भएको आगोले खत्रीको कटेरो र घर जलेको वडाध्यक्ष देबिन्द्र राईले बताउनुभयो । 
    मानवीय क्षती नभए पनि खत्री परिवारको ४ लाख बराबरको धनमालमा क्षति भएको छ । आगलागीमा नगद २५ हजार, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेको खत्री परिवारको भनाई छ । आगलागीमा घर जलेपछि खत्रीका ५ जनाको परिवार छानो जलेको ठुटो घरमा पाल टाँगेर बसिरहेका छन् ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org