समाचार

  • खोटाङमा ‘एक घर–एक सीपमूलक रोजगारी’ सहितको नमुना वस्ती योजना ।

    news

    रामधन राई
     सोलु एफ.एम ८ आश्विन 
     खोटाङ ः खोटाङमा भूकम्पपीडित लाभग्राहीहरुका लागि ‘एक घर–एक सीपमूलक
    रोजगारी’को अवधारणसहित एकीकृत नमुना वस्ती निर्माण योजना सुरु गरिएको छ ।
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका भूकम्पपीडित
    लाभग्राहीका लागि सोही स्थानमा ‘रामनाथ नमुना एकीकृत वस्ती’को सिलन्यास
    भईसकेको छ ।
     स्थानीय भूकम्पपीडतहरुको पहलमा सोही स्थानका सारदाप्रसाद ढकालवाट साँडे
    सात रोपनी जग्गा निःशुल्क उपलब्ध भएपछि नेपालकै पहिलो सीपमूलक व्यवसाय
    तथा जीविकोपार्जनसहितको एकीकृत नमुना वस्ती वनाउने योजना सुरु गरिएको
    थियो । उपलब्ध जग्गा प्राविधिक हिसावले उपयुक्त ठहरिएपछि भूकम्प
    पूर्ननिर्माण प्राधिकरण र नगरपालिकाको सहयोग तथा समन्वयमा वस्ती
    निर्माणको काम अघि बढेको हो ।
    एकीकृत वस्तीमा घर निर्माण गर्ने पीडितहरुलाई सीपमूलक तालिम प्रदान गरी
    सोही ठाउँमा रोजगारीको समेत ब्यवस्था गर्ने निर्माण उपभोक्ता समितिको
    संयोजक प्रमेश ढकालले जनाउनुभएको छ । स्थानीय स्तरमा उपलब्ध
    स्रोत–साधनलाई भरपूर सदुपयोग गर्नेगरी सीपमूलक तालिम तथा रोजगारीको
    यवस्था गर्ने अवधारणा वनाईएको संयोजक ढकालको भनाई छ । अवधारणाअनुरुप
    नमुना वस्तीमा उत्पादन गरिएका सीपमूलक वस्तुहरु बिक्रि गर्नका लागि उक्त
    स्थानमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने गरी योजना वनाईएको छ ।
    मध्यपहाडी लोकमार्गले छोएको स्थान तथा नगरपालिकाले नजिकै पर्ने वुइपाको
    पञ्चरदोवाटोमा विश्वकै अग्लो यलम्वरको प्रतिमासहितको पार्क निर्माणको
    योजना समेत अघि बढाएकाले नमुना वस्तीसम्म पर्यटक तान्न सकिने विश्वास
    गरिएको छ । पर्यटन विकासको लागि नगरपालिकाले एकीकृत योजनाहरु वनाईरहेका
    छन् ।
    राज्यले वनाएको मापदण्डअनुरुप निर्माण गरिने नमुना वस्तीमा २० पीडित तथा
    ४ अन्य गरी २४ परिवारका लागि नमुना घर वन्ने भएको छ । जसमध्ये १६ वटाको
    नक्सा पास भईसकेको छ । वस्तीमा घर निर्माण गर्न चाहाने अन्यलाई समेत
    सःशुल्क तथा निःशुल्क जग्गा उपलब्ध गराउन सकिने जग्गाधनीले जनाएका छन् ।
    रमणीय स्थलमा निर्माण हुने वस्तीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास
    गर्ने विविध योजना वनाईएको वताईएको छ । वस्ती निर्माण हुने स्थानवाट
    सुर्योदय तथा सुर्यास्तको दृश्य अवलोकनका साथै टेम्के, रुपाकोट लगगायतका
    विभिन्न पहाडी श्रृंखलाहरुको समेत दृश्यपान गर्न सकिन्छ ।
    एकीकृत वस्ती नजिकै राधाकृष्ण मन्दिर, चिल्ड्रेनपार्क, सीपमूलक
    सामाग्रीहरु सहितको सामुदायिक भवन, फ्री वाईफाई, होमस्टे तथा सामुहिक
    खेती प्रणालीको अवधारणा अघि सारेको जनाईएको छ । दशैं, तिहारपछि निर्माणको
    कामलाई तीव्रता दिईने निर्माण उपभोक्ता समितिले जनाएका छन् ।
    एकीकृत नमुना वस्ती निर्माणको लागि नगरपालिकाले यस अघि नै प्रष्ट अवधारणा
    वनाएकोमा विजयखर्कका स्थानीयले इच्छााशक्ति देखाउनका साथै समन्वयात्मक
    काममा चासो देखाएकाले काम अघि बढेको नगर प्रमुख दिपनारायण रिजालको भनाई छ
    । नगरपालिकाले भूकम्प पूर्ननिर्माण प्राधिकरण तथा सम्वन्धित निकायसँग
    समन्वय गर्नका साथै सुझ–बुझका साथ हात हालिसकेकोले कुनै पनि हालतमा उक्त
    स्थानमा नमुना वस्ती निर्माण भईछाड्ने मेयर रिजालले प्रष्ट पार्नुभएको छ
    मेयरका अनुसार अव तत्कालै नगरपालिकाले स्क्याभेटर प्रयोग गरी उक्त
    स्थानमा लेभलिङको काम गरेपछि डिटेल नक्सा तयार पार्नेछ । डिटेल नक्सापछि
    नगरपालिकाले प्राधिकरणसँग सम्झौत गरी पूनः निर्माण उपभोक्ता समितिसँग
    सम्झौता गरी संरचना निर्माण कार्य अघि बढाउनेछ ।
    नमुना वस्तीमा वस्न तयार भुकम्प पीडितले लाभग्राही भए वापत पाउने तीन लाख
    रुपैंयाँ अनुदान सोही एकीकृत वस्तीमा वन्ने घर निर्माणमै खर्च गरिने
    प्रष्ट पारिएको छ ।
    नगरपालिकाको ८ नम्वर वडा दोर्पामा पनि एकीकृत नमुना वस्ती निर्माणको
    अवधारणा वनाईएको छ ।
    उल्लासकावीच सिलन्यास
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा उल्लासमय ढंगवाट
    एकीकृत नमुना वस्तीको शिलन्यास गरिएको छ । नगरपालिको प्रमुख दिपनारायण
    रिजालले हालै गर्नुभएको सिलन्यास कार्यक्रममा स्थानीयले उल्लास जनाएका
    छन् ।
    कार्यक्रममा नगरपालिका प्रमुख रिजाल, उपप्रमुख विणादेवी राई, कार्यपालिका
    सदस्य तथा वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय
    प्रमुख तथा प्रतिनिधि कर्मचारी, शिक्षक, वुद्दिजीवि लगायतको उपस्थिती
    रहेको थियो । पत्रकार, युवा, विद्यार्थी नेता लगायतका सहभागिता रहेको
    कार्यक्रममा स्थानीय बृद्दाहरुले संगिनी गीत तथा नाचको माध्यमवाट स्वागत
    गर्नका साथै एकीकृत वस्ती निर्माणमा साथ सहयोग गर्न अपिल गरेका थिए ।
    जग्गादाता सारदाप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य
    नृत्यहरु प्रस्तुत भएको थियो ।
    कार्यक्रममा जिज्ञासा तथा चासोका साथ उपस्थित भएका बृद्द–बृद्दा लगायतका
    स्थानीय मेयर, उपमेयर लगायत बक्ताहरुको सम्वोधन र प्रतिवद्दतावाट आशावादी
    वनेर फर्किएको स्थानीयले जनाएका छन् । जग्गादाता सारदाप्रसादको
    हजुरवुवाको नाम रामनाथ ढकाल भएको कारण उहाँको स्मृतिमा ‘रामनाथ एकीकृत
    नमुना वस्ती’ नाम जुराईएको हो ।
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org