ताजा खबर

समाचार

  • वागबानि केन्द्र फाप्लुले ९२ प्रतिशत कार्य सम्पन्न ग¥यो, नेलेको किवि प्रशोधन केन्द्रले गति लिन सकेन ।

    news

     
         सोलु एफ एम,असार ३२
    सोलुखुम्बुको वागबानि केन्द्र, फाप्लुले ९२ प्रतिशत कार्य सम्पन्न गरेको जनाएको छ । बागबानी केन्द्र फाप्लुले आज सोमबार सार्वजनिक सुनुवाई गर्दै आर्थिक बर्ष २०७४÷७५ को करिब ९२ प्रतिशत कार्य सम्पन्न भएकोे जनाएको हो । केन्द्रका अनुसार चालु आर्थिक बर्षमा ३ करोड २२ लाख बजेट विनियोजन भएकोमा २ करोड २९ लाख रुपैंया खर्च भएको छ ।
         जसमा ९३ लाख रुपैया फ्रिज भएको केन्द्रका प्रमुख चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । साना योजनाहरु समयमै निर्माण सम्पन्न भए पनि नेलेमा निर्माण हुने भनिएको किवि प्रशोधन केन्द्रको कार्य अघि बढ्न नसक्दा सो बजेट फ्रिज भएको छ । किवि प्रशोधन केन्द्र निर्माणका लागी केन्द्रबाट ७५ लाख रुपैया विनियोजन भएता पनि ठेकेदारले काम अघि बढाउन नसक्दा रकम फ्रिज भएको जनाइएको छ ।
         ठेकेदार कम्पनी एन प्याकलाई निर्माण कार्य अघि बढाउन पटक पटक आग्रह गर्दा समेत कम्पनीले बेवास्ता गर्दा रकम फ्रिज भएको कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो । यसैविच केन्द्रले आर्थिक बर्ष ७४÷७५ मा आठ लाख १८ हजार रुपैया राजस्व सकंल गर्न सफल भएको छ । केन्द्रबाट वितरण गरिने नर्सरी तथा अन्य फलफुल लगायतको कृषि सामाग्रीहरुको शुल्कबाट सो रकम जम्मा हुन आएको कार्यालयले जनाएको छ ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org