समाचार

  • सल्लेरी बजार क्षेत्रमा जथाभाबी छाडिएको पशुचौपायका कारण दुर्घटनाको जोखिम बढ्दै ।

    news

     
    सोलु एफ एम,असार २५–सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार क्षेत्रमा जथाभाबी छाडिएको चौपायका कारण दुर्घटनाको जोखिम बढेको छ । सोलुदुधकुण्ड नगरपालीकाको मुख्य बजार क्षेत्रको सडकमा छाडिएको बाख्रा लगायतका चौपायका कारण नियमनकारी निकायको नै खिल्ली उडाएको छ । जिल्लाको एक मात्र नगरपालीका र जिल्ला समन्वय समितिको परिसरमै जथाभाबी छोडिएका पशु चौपायका कारण सवारी साधनलाई समस्या हुने गरेको सवारी चालकहरुको भनाई । 
    नगर क्षेत्रको बजारमा छाडिएको पशुचौपायको नियन्त्रण गर्ने मुख्य दायित्व नगरपालीकाको भए पनि नगरपालीकाले खासै तदारुकता नदेखाएको सवारी चालकहरुकोे भनाई छ । यता सोलुदुधकुण्ड नगरपालीकाका मेयर नाम्गेल जाङबु शेर्पाले यस विषयमा आफ्नो ध्यान आर्कषण भएको बताउनुभएको छ । मेयर शेर्पाले बजार क्षेत्रमा देखिएको यो समस्या नियन्त्रण गर्न मातहतका कर्मचारीलाई निर्देशन दिईसकेको बताउनभयो । उहाँले पशु चौपाय सडकमा छोडने काम गलत भएकाले यसलाई नगरपालीकाले नियन्त्रण गर्ने बताउनुभएको छ  । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org