ताजा खबर

समाचार

  • सल्लेरीको बजार क्षेत्रमा जथाभाबि पार्किङ बढ्दै ।

    news

     
    महेन्द्र शाही,सोलु एफ एम,असार २२
    सोलुखुम्बु सदरमुकाम  सल्लेरीको बजार क्षेत्रमा पार्किङ निषेधित क्षेत्रमा जथाभाबि पार्किङ गरेको पाईएको छ  ।  जुन ठाउमा पार्किङ गर्न पाइदैन भनिएको छ त्यो ठाउमा नै पार्किङ गरिएकोले बजार क्षेत्रमा आगागमनमा समेत समस्या आएको स्थानिएको गुनासो रहेको छ । सडकमा जथाभावि गरिएको पार्किङले गर्दा दुर्घटनाको जोखिम पनि बढी रहेको स्थानियको भनाई छ । 
    जिल्ला प्रशासनकै कार्यलय अगाडी पार्किङ निषेधितको राखिएको भए पनि त्यहि बढि मात्रामा सवारी पार्क गर्दा समेत नियमनकारी निकाय कानमा तेल हालेर बसेका छन् । जसका कारण् बजारको सौन्दर्यतामा समेत असर परेको छ । अब्यवस्थित पार्किङले  बजारलाई कुरुप बनाइरहेको छ । नगरपालीकाले नै बोर्ड बनाउन लगाएको पाइए पनि नियम कार्यन्वयन भने खासै चासो दिएको पाइएको छैन । यस विषयमा नगरपालिकामा सोध्न हाम्रो टिम नगरपालीका पुग्दा नगरपालिका प्रमुख र उप प्रमुख कार्यालयमा अनुपस्थित रहनुभएको थियो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org