ताजा खबर

समाचार

  • जिप दुर्घट्ना अपडेट ।

    सोलु एफ एम, असार २०
    सोलुखुम्बु ः ओखलढुंगाको सुनकोसी गाउँपालिकामा जिप दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घट्नामा तीन जना घाईते भएको खबर प्राप्त भएको ओखलढुंगा ट्राफिक प्रहरी प्रमुख तेजबहादुर बस्नेतले जानकारी दिनुभयो । 
    सुनकोसी गाउँपालिकाको मुलखर्कबाट ओखलढुंगा तर्फ आउने क्रममा मुलखर्कमा रोकी राखेको जिप दुर्घट्नामा परेको हो । चालक नभएको अवस्थामा आफै गुडेर जिप दुर्घट्ना भएको ट्राफिक प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो । 
    बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटना भएको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । 
    घाईतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल तर्फ पठाईएको बताईएको छ ।  मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको बताईएको छ । दुर्घटनामा परि घाईते भएका तिनैजनालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको छ । घाईते तिनैजनाको अवस्था गम्भिर रहेको छ ।
    घटनामा परि मृत्यु भएकाको सनाखत हुन सकेको छैन । घटनाबारे जानकारी प्राप्त हुनासाथ ओखलढुङ्गा प्रहरी ईन्स्पेक्टरको नेतृत्वमा घटनास्थल तर्फ प्रहरीको टोली पठाईएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिए । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org