समाचार

  • मौसम प्रतिकुलताका कारण शव गृहजिल्ला लैजान समस्या ।

    news

     
    सुबास दर्नाल,असार १७ सोलु एफ एम सोलुखुम्बु ।
    सोलुखुम्बुमा गत शुक्रबार जीप दुर्घट्नामा मृत्यु भएका मध्ये २ ओटा शव गृह जिल्ला लान समस्या देखिएको छ । जिल्ला बन कार्यालय सोलुखुम्बुमा कार्यरत फोरेष्टर सिरहा सनैठा निवासी ३६ बर्षिया शिबकुमार यादव र बनरक्षक खोटाङ खाल्ले ८, हाल इटहरी निवासी २४ बर्षिया कोपीला बस्नेत (कार्की)को शब लैजान समस्या भएको हो । 
    शबलाई नेपाली सेनाको हेलिकप्टरमार्फत गृहजिल्ला लैजाने तयारी भएको भए पनि मौसम प्रतिकुलताका कारण समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जानकारी दिनुभयो ।
    बाक्लो हुस्सु लागेकाले हेलीकप्टर आउँन नसक्दा फाप्लुमै आफन्तको जिम्मामा शव राखिएको छ । शनिबार देखि हेलिकप्टरको प्रतिक्षामा बसेका मृतकका आफन्तहरु आईतबार पनि मौसममा सुधार आउने छाटकाट नदेखिए पछि निराश बनेका छन । मौसमका कारण हेलिकप्टर आउने सम्भावना सकिएकाले आज गाडीबाटै पठाउने तयारी भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी  शेर्पाले बताउनुभयोे । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org