समाचार

  • घुम्नेमेरामा निर्मानाधिन लघुजलविद्युतको काम उत्कृष्ट ।

    news

    सोलु् एफ एम, असार ६
    .माप्यदुधकोशी ः सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ४ घुम्ने मेरामा निर्मानाधिन लघुजलविद्युत योजनाको काम सन्तोषजनक पाईएको छ । अयोजनाको अनुगमनका क्रममा सन्तोषजनक ढंगबाट काम भईरहेको पाईएको गाउँपालिका उपाअध्यक्ष जुनिताम मगरले जानकारी दिनुभयो । मगरले भन्नुभयो, “योजनाको अनुगमन गर्नगयौ, काम एकदमै राम्रो भएको पाए ।”
    त्याहाका करिब ६० घरधुरीले प्रयोग गर्ने उक्त आयोजनालाई गाउँपालिकाले १५ लाख रुपैया अनुदान दिएको छ । गाउँपालिकाको १५ लाख र स्थानीयले संकलन गरेको थप रकम सहित २८ लाखको बजेटबाट पाईप खरिद, रिजर्व ट्यांकी निर्माण गर्ने इन्टेक बनाउने लगाएतको काम गरेको बताईएको छ ।
    अहिले मेसीन अडर भईसकेको र एक साताभित्रमा निर्माणस्थलमा आईपुग्ने बताइएको छ । करिब ९५ लाखको लागतमा आगामी वर्ष सम्मा योजनाको काम सक्ने उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजनाबाट २५ किलोवाट विद्युत उत्पादन हुने प्राविधिक स्टामेटमा उल्लेख गरिएको छ ।
     

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org