ताजा खबर

समाचार

  • वडा अध्यक्ष माथि भएको हातपात प्रति वडा जनप्रतिनिधि महासंघको निन्दा, विज्ञप्ती सहित ।

    सोलु एफ एफ, असार ५
    सोलुखुम्बु ः थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुपाल सिं राईमाथि हातपात भएको बिषयप्रति वडा जनप्रतिनिधि महाँसंघ सोलुखुम्बुले निन्दा गरेको छ । महासंघ सोलुखुम्बुले आज एक विज्ञप्ती जारी गर्दै जनताको सेवामा दिन रात खटेका जनप्रतिधि माथि भएको अभद्र व्यहारको विरोध गर्दै कार्वाहीको माग समेत गरेको छ । 
    महासंघका अध्यक्ष रामसंघर्ष किराँतीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा जनप्रतिधिमाथि सार्वजानिक स्थलमा गालीगलौज गर्नु र अभद्र व्यहार हुनुमा सम्पुर्ण जनप्रतिनधिहरुको ध्याणकर्ष भएको उल्लेख गरिएको छ । कानुन अनुसार कार्वाहीको माग गर्दै यस्ता क्रयाकलाप दोहोरीएमा जस्तोसुकै परिस्थितिको सामना गर्न आफुहरु पछाडी नपर्ने भन्दै सम्पुर्ण कामकार्वाही समेत ठप्प पार्ने चेतावानी समेत दिईएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org