ताजा खबर

समाचार

  • प्रसूती गराउन बाहिर जानुपर्ने बाध्यता हट्यो ।

    तारा कुलुङ, असार ५,
     
    महाकुलुङ ः महाकुलुङ गाउँपालिका ३ छेस्काममा प्रसुतीगृहको मंगलबार उद्घाटन गरिएको छ । एक औपचारीक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सागर किराँतीले उक्त प्रसुती गृहको उद्घाटन गर्नुृभएको हाम्रा सहकर्मी तारा कुलुङले जानकारी दिनुभयो । 
    गाउँपालिका, वडा कार्यालय, र स्वास्थ्य चौकी छेस्कामको लगानीमा व्यवस्थापन गरिएको भवनमा सेवा सञ्चालन गर्ने वडा अध्यक्ष डिकबहादुर कुलुङले जानकारी दिनुभयो । सावीक छेस्काम ८ मा रहेको स्वास्थ्य चौकीकै भवनमा पुन व्यवस्थापन गरि सेवा सञ्चालन गरिएको अध्यक्ष कुलुङको भनाई छ । 
    अहिले उक्त स्वास्थ्य चौकीमा २ जना अहेव, एक जना करार पदमा तालिम प्राप्त अनमी र एक्सन फर नेपाल नामक संस्थाको सहयोगमा नर्सीङ अफिसरले सेवा प्रदान गरिरहेका छन् । आफुहरुसंग दक्षजनशक्ति र आवश्यक उपकरण समेत भएकाले सामान्य सुत्केरी गराउनको लागि अन्यत्र लैजाने बाध्यता हटेको वडा अध्यक्ष कुलुङको भनाई छ ।
    मंगलबार आज प्रसूती गृहको उद्घान समारोमा तीन जना महिलाले सेवा समेत लिएका छन् । एक जना महिलालाई स्वास्थ्य संस्थामा नियमीत स्वास्थ्य जाँच गराएबापतको ४ सय, नेपाल सरकाद्धारा प्रदान गर्ने यातायात खर्चबापत १ हजार पाँच सय र गाउँपालिकको तर्फबाट प्रदान गर्ने २ हजार ५ सय प्रदान गरिएको छ । 
    यस्तै दुई जना महिलालाई भने गाउँपालिकाको २ हजार ५ सय नेपाल सरकारले प्रदान गर्ने यातायात खर्चबापतको १ हजार रुपैया गरि ३ हजार ५ सय रुपैया हस्तान्तरण गरिएको सहकर्मी ताराकुलुङले जानकारी दिनुभयो । स्वास्थ्यसंस्थामा नियमीत स्वास्थ्य जाँच तथा मान्यता प्राप्त स्वास्थ्य संस्थामा बच्चा नजन्माउँदा चालु आर्थिक बर्षमा मात्र ६ जना महिलाले ज्यान गुमाईसकेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । आमा र बच्चाको सुरक्षाको लागि गर्भअवस्थामा नियमीत चेकजाँच गराएर प्रसुतीको लागि अस्पतालमै जानको लागि स्वास्थ्य कार्यलयले अनुरोध समेत गरेको छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org