ताजा खबर

समाचार

  • सुन्तला र कागँतीको विरुवा विरतण ।

    news

    सोलु एफ एम, आसार ३
    सोलुखुम्बु ः सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुको लागि विभिन्न सामग्री वितरण गरेको छ । आर्थिक बर्ष ०७४÷०७५ को लागि बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत काँगती र सुन्तालाको विरुवा वितरण गरिएको गाउँपालिकाकी उपाअध्यक्ष जुनिता मगरले जानकारी दिनुभयो । 
    यस अघि अनुदानमा विरुवा माग गरेका कृषकहरुलाई पाँच सय काँगति र पाँँच सय सुन्तालको विरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै घाँस टुक्राउन प्रयोग गरिने ७ वटा च्यापकटर समेत वितरण गरिएको छ । प्रत्येक वडामा एउटा एउटाको दरले उक्त सामाग्री वितरण गरिएको हो ।
    यसैगरि गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहने गरि दुई वटा ग्य्रन्डर मेसिन समेत हस्तान्तरण गरिएको छ । उक्त सामाग्री गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाअध्यक्ष जुनिताम गरले हस्तान्तरण गर्नुभएको प्रमुख प्रशासकिय अधिकृत अविलाल राईले जानकारी दिनुभयो । 
    माग गरेका कृषकलाई चाडै सम्पर्क गर्न कार्यालयले अनुरोध समेत गरेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org