समाचार

  • खुम्बुमा मृग, कस्तुरी सर्भेक्षणको काम सकियो ।

    खगेन्द्र राज बास्तोला, सोलु एफ एम, 
    असार ३, सोलुखुम्बु ः
    सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको मृग, कस्तुरी सर्भेक्षणको काम खुम्बु क्षेत्रको पाङ्बोचे, दिबुचे र तेङ्बोचे वन क्षेत्रमा सम्पन्न भएको छ । १५ दिन लगाएर उक्त क्षेत्रमा रहेको दुर्लभ वन्यजन्तु कस्तुरी मृगको वैज्ञानिक अवस्थाको जानकारी लिने काम सकिएको कार्यालयले जनाएको छ । 
    अहिले फोर्चे र डोले क्षेत्रमा भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मानबहादुर खड्काले जानकारी दिनुभयो । एसियन सेन्टर फर डेप्लोमेन्ट प्रा.लि. र सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको १० जनाको टोलीले फिल्डमा गएर तथ्यांक लिने काम गरिहरेका छन् ।  दुर्लभ वन्यजन्तु कस्तुरी मृगको वैज्ञानिक अवस्थाको जानकारी लिने उद्देश्यले सो सर्भे शुरु गरिएको हो । 
    डा. मुकेश चालिसेको नेतृत्वमा गएको टोलीले आफ्नो सर्भेक्षण पूरा गरि अनुमानित तथ्यांक प्रतिवेदन बुझाएपछि मात्र कस्तुरी मृगको सङ्ख्या थाहा हुने कार्यालयले जनाएको छ । ट्रान्सेक्ट सर्भे अनुसार कस्तुरी मृगको पाइला, रौ र बड्कौलाबाट अनुमानित तथ्याङक निकालिने सूचना अधिकारी खड्काले बताउनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org