समाचार

  • खुम्बु पासाङ ल्हामु गाउँपालिकाको करिब ९५ प्रतिशत काम सम्पन्न ।

     
     
        भोजराज कार्की,सोलु एफ एम,जेठ ३१—सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटबाट करिब ९५ प्रशित काम सम्पन्न गरेको जनाएको छ । चालु आर्थिक बर्षमा प्राप्त बजेटको ९५ प्रतिशत खर्च भईसकेको गाउँपालिकाका प्रबक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो ।
         यस चाल आर्थिक बर्षमा खुम्बु पासाङ ल्हमु गाउँपालिकालाई १६ करोड ९८ लाख ६१ हजार रुपैया प्राप्त भएको छ । प्राप्त बजेटबाट सञ्चालन भएको हरेक योजनाको काम सन्तोषजनक रहेको गाउँपालिकाले जनाएको छ ।
         केहि योजनाको काम भईरहेको भएपनि अधिकांश योजनाको काम सकिएको गाउँपालिको भनाई छ । यस्तै चौरीखर्क देखी लार्चादोभान सम्मको बाटो मर्मतको लागि बिनियोजन भएको ३५ लाख रुपैयाको बजेटको काम भने आगामी आसार १५ गते देखी सुरु हुने बताईएको छ । खच्चड हिड्ने बाटो भएकाले खच्चड बन्द गरेर बाटो निर्माणको काम सुरु गरिने प्रबक्ता शेर्पाले बताउनुभयो ।
         यसैबीच, गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७५÷०७६ मा सञ्चालन हुने बजेट तथा योजना छनौट काम बस्ती बस्तीमा भईरहेको प्रबक्ता लाक्पा छिरि शेर्पाले बताउनुभयो । प्रत्येक वडाले असारको २ गते भित्र योजना छनौट गरि गाउँपालिकामा पेश गर्ने कार्यकालिका रहेको बताईएको छ । यस्तै असार ३ र ४ गते गाउँकार्यपालिकाको बैठक बस्ने र ५ गते गाउँ सभा बस्ने प्रबक्ता शेर्पाले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org