ताजा खबर

समाचार

  • सोलुखुम्बुमा ब्याडमिन्टन प्रशिक्षण

    news

    २९ जेष्ठ, सोलुखुम्बु 
    जिल्लास्तरिय खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित सोलुखुम्बुमा प्रथम पटक संचालित ब्याडमिन्टन पशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बिगत १५ दिनदेखि संचालित प्रशिक्षण सोमबार सम्पन्न भएको हो । 
    ब्याडमिन्टन प्रशिक्षण कार्यक्रममा जिल्लाका २७ जना खेलाडीहरुको सहभागिता रहेको संघका बरिष्ठ उपाध्यक्ष नुतन श्रेष्ठले जानकारी दिनभयो । ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं राष्ट्रिय खेलाडी सुनिल शाक्यले प्रशिक्षण गर्नुभएको कार्यक्रममा १६ बर्ष मुनिका बालबालिका, महिला तथा पुरुष खेलाडीहरुले प्रशिक्षण लिएका छन् । 
    तालिममा सहभागीहरुलाई आज एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको छ । समापन कार्यक्रममा बोल्नुहुदै सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सघंका अध्यक्ष राजकुमार गुरुङले जिल्लामा खेल र खेलाडीको विकास गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । वहाँले खेल क्षेत्रमा भविष्य हँुदाहुदै पनि अवसर नपाउँदा अवसरबाट बञ्चित हुनु परेको बताउनुभयो । 
         यसैविच यहि आसार १, २ र ३ गते जिल्लामा सोलुखुम्बु खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगितामा अहिलेसम्म नेपालका बिभिन्न क्षेत्रमा रहेका ७६ भन्दा बढी ब्याडमिन्टन टिमले नाम दर्ता गराई सकेका छन् । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org