समाचार

  • छुवाछुत हटाउन चेतनाको स्तर बृद्धि हुनु आवश्यक ः नगर प्रमुख शेर्पा ।

     
         सुबास दर्नाल,सोलु एफ एम,जेठ २६–सोलुदुधकुण्ड नगरपालीकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले छुवाछुत उन्मुलनका लागी गैरदलितमा चेतनाको स्टर बृद्धि हुनु आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रम समानतामा कुराकानी गर्नुहुदै नगरप्रमुख शेर्पाले अशिक्षा र अज्ञानताका कारणले गर्दा नै समाजमा जातिय विभेद सृजना भएको स्मरण गराउनुहुदै चेतना स्तरमा सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाले दलित समुदाय आर्थिक,भौतिक तथा शैक्षिक रुपले पछि पारिनु पनि विभेदको प्रमुख कारण भएको दाबी गर्नुभयो । विश्वको विकसित मुलुकहरुमा जातिय छुवाछुत नभएपनि गरिब मुलुकहरुमा जातिय भेदभावभएका कारण अशिक्ष नै प्रमुख कारण भएको उहाले बताउनुभयो ।
         विभेदलाई चिर्न दलित बर्गमा आर्थिक तथा शैक्षिक रुपमा बजबुत हुनु  पर्ने उहाको भनाई छ । जुनसुकै क्षेत्रमा कम्जोर ब्याक्तिलाई बलियोले हेप्ने तथा विभेद गर्ने प्रचलन विद्यमान भएको भन्दै प्रमुख शेर्पाले दलितहरुमा पनि आफै शसक्तिकरण हुन आवश्यक रहेको बताउनुभयो । परिर्वतन आफैबाट सुरु गर्नुपर्ने विषय भएकाले दलित आफैले विभेदलाई प्रतिकार गर्न सिक्नु पर्ने बताउनुभएको छ । दलितमा आफु दलित हो भन्ने भावनालाई फालेर सबै मानव समान हो भनेर जागरुक हुने हो भने अबको केहि बर्षमा नै जातिय छुवाछुत निर्मुल पार्न सकिने उहाको भनाई छ । उहाले जातिय विभेद उन्मुलनका निम्ती नगरपालीका सदैव तत्पर रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org