ताजा खबर

समाचार

  • महिला प्रजनन स्वास्थ्य तथा कानुनी परामर्श कार्यक्रम सम्पन्न ।

     
        सोलु एफ एम,जेष्ठ २६– सोलुखुम्बु सदरमुकाम सल्लेरीमा महिला प्रजनन स्वास्थ्य तथा कानुनी  परामर्श कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील महिला समाज सोलुखुम्बुको आयोजना तथा सोलुदुधकुण्ड नगरपालिकाको सहयोगमा सञ्चलित एक दिने कार्यक्रम आज सकिएको हो ।  
    कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका वडा  नम्बर ५  का वडा  अध्यक्ष मिङमार तामाङले कार्यक्रम समय सान्दर्भिक भएको बताउनुभयो । प्रमुख अथितिको आशनबाट बोल्नुहुदै अध्यक्ष तामाङले महिला लक्षित कार्यक्रमहरु अन्र्तग प्रगतिशिल महिला समाजले प्रभावकारी काम गरेको भन्दै प्रशंसा गर्नुभयो । त्यस्तै कार्यक्रममा सहजीकरणको भूमिका निर्वाह गर्दै जिल्ला अस्पताल फाप्लुका डाक्टर कुशल गौतमले महिला प्रजनन स्वास्थ्यका विषयमा जानकारी गराउनुभयो । उहाँले महिलाहरुले प्रजनन स्वास्थ्यमा देखिने समस्याहरु महिनावारी, आङ खस्ने, गर्भपतन, बच्चा जन्माउदा आउने समस्या, परिवार नियोजनको साधनको प्रयोग, लगाएतको बिषयमा खुलेर बताउन आग्रह गर्नुभयो ।
     प्रजनन अङगमा सङक्रमणको  समस्याहरु भएमा तुरुन्तै अस्पताल स्वास्थ्य या चौकीमा जानको लागि पनि डाक्टर गौतमले सबैलाई सुझाव दिनुभयो । त्यस्तै सहजकर्ता एवम् जिल्ला न्यायधिवक्ता केशव प्रसाद गौतमले मानिस लैङ्कगिक विभेद अन्य गर्नको लागि स्वयम् सचेत हुनुपर्ने बताउनुभयो  । महिलालाई सामाजिक, शाररीक र मनोवैज्ञानिक लगाएतको  हिंसा गरेमा ऐन बमोनिम कारबाही हुने संविधानमा व्यवस्था भएको कुराबारे जानकारी दिनुभयो । कार्यक्रम सोलुदुभकुण्ड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिङमार तामाङको प्रमुख आतिथ्यता एवम् प्रगतिशिल महिला समाज सोलुखुम्बुकी अध्यक्ष दर्गालक्ष्मी राईको सभाध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम जिल्ला समन्वय समिति सोलुखुम्बुको सभाहलमा भएको हो ।
    ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
    प्रमुख जिल्ला अधिकारी सहितको टोली माप्यदुधकोशी गाउपालीकामा ।
         सोलु एफ एम,जेष्ठ २६–सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा सञ्चालित शिविरमा ७५ जनाले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुद्धारा आयोजीत उक्त शिविरमा नयाँ नागरिकता ६५ वटा वितरण भएको हाम्रा प्रतिनिधि भेषराज पौडेलले जानकारी दिनुभयो ।
          प्रमुख जिल्ला अधिकारी शुनिल खनालको संयोजकत्वमा गएको टोलीले १० वटा नेपाली नागरिकता नविकरण गरेको छ । यस्तै १८ जनालाई अपाङ्गता परिचय पत्र समेत वितरण गरेको छ । जसमा (क) वर्गाको २ वटा (ख) वर्गको ६ वटा, (ग) बर्गको १ र (घ) वर्गको ९ वटा रहेको प्रनिनिधि पौडेलले जानकारी दिनुभयो ।
          हिमालय माध्यमीक विद्यालय बासामा सञ्चालित उक्त शिविरमा जिल्ला अस्पताल फाप्लुद्धारा सामान्य स्वास्थ्य जाँच सेवा समेत प्रदान गरिएको छ । स्वास्थ्य जाँचको लागि फाप्लुका मेडिकल अधिकृत डाक्टर राजेन्द्र बस्नेत बासा जानुभएको कार्यालयले जनाएको छ । शिविरमा प्रमुख जिल्ला अधिकारी शुनिल खानाल, प्रहरी नायव उपरिक्षक रेशम बहादुर पराजुली र महिला तथा बालबालीका कार्यालय सोलुखुम्बुकी प्रमुख रस्मी श्रेष्ठको टोली माप्य दुधकोशी गाउँपालिका गएको थियो ।
          स्थानीय नागरिकलाई घरदैलोमा सेवा दिने उदेश्यले शिविरको आयोजनाको लागि समन्वय गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org