समाचार

  • गार्मामा ट्रयाक्टर दुर्घटना ।

     
    सोलु एफ एम,जेष्ठ २६–सोलु्खुम्बुको गार्मामा ट्रयाक्टर दुर्घटना हुदा एक जना घाईते भएका छन् । विहान ११ बजे सल्लेरीबाट गार्मा जादै गरेको लु ६ त ६१०० नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । दुर्घटनामा चालक सोम बहादुर तामाङ घाईते हुनुभएको छ ।
         घाईतेको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेको टाउको र दातमा सामान्य चोट लागेको छ । सल्लेरीबाट गार्मा ग्यारेज जाने क्रममा ब्रेक फेल भएर सडकबाट करिब सय मिटर तल खसेको प्रहरीको भनाई छ । उक्त ट्रयाक्टर सहचालकले चलाएको बुझिएको छ ।  

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org