ताजा खबर

समाचार

  • छ जना आमाको अकालमै मृत्यु ।

    सुनिता राई,सोलु एफ,जेठ २४—चालु आर्थिक बर्षको जेठ अन्तिम साता सम्म सोलुखुम्बुमा ६ जना गर्भवति महिलाले ज्यान गुमाएका छन । चालु आर्थिक बर्षको हाल सम्म जिल्लामाम विभिन्न कारणले ६ जना गर्भवति महिलाले ज्यान गुमाउनु परेको हो ।
     
         छेस्काम पेल्माककी ३२ बषर््ािय महिला र देउसा चेराखुकी १८ बर्षिय महिलाको शाल अढकिएर तथा अत्याधिक रक्त श्रावभएर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
          त्यसैगरी टाक्सिन्दु रिङमुकी ५० बर्षीय महिला र देउसा गैरीगाउकी १८ बर्षिय महिलाकोे अत्याधिक रक्तश्रापका कारण ज्यान गएको कार्यलयको तथ्यकंमा उल्लेख छ । त्यस्तै काकु नामकी २४ बषर््ािय महिला र देउसा रनेमकी ३० बर्षकी अर्की महिलाको गरी हाल सम्म ६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका कुमार केसिले जनाकारी दिनुभयो । उनीहरुमध्ये ४ जनाको स्वास्थ्य संस्थामा नियमीत स्वास्थ्य जाँच नगराउनुको साथै अस्पतालमा प्रसुती नगराउनु मुख्य कारण रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङ्मार ग्याल्जेन शेर्पाले बताउनुभयो । कम समयमा बच्चा जन्माउनु, स्वास्थ्य संस्थामा नियमीत चेकजाँच नगराउनु, धेरै बच्च जन्माउनु खानपानमा समेत ध्यान नदिनु लगाएतले आमाहरुको ज्यान जानेगरेको कार्यालयको भनाई छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org