ताजा खबर

समाचार

  • छ बर्ष बित्यो तर पुल बनेन ।

    सुबास दर्नाल,सोलु एफ,जेठ २४—सोलुखुम्बु सदमरकाुम सल्लेरीलाई तामाखानी जोड्ने बोल्दो स्थित सोलुखोलामा निमार्ण्धिन पक्की पुल अलपत्र परेको छ । वि.स २०६९ असारमा निर्माणकोे जिम्मा ठेकेदार कम्पनि अमर कन्सट्रक्सनले पटक पटक निमार्ण मिति गुजार्दै मिति थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । करिब तीन करोड १७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुलबाट अहिले सहज रुपमा सवारी सञ्चालन भइरहे पनि पुलको फिनिसिङ,  पेन्टिङ लगायतको काम गर्न बाँकी रहेको छ । 
    पुलको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । यसबारेमा प्रदेश सभा ख का सासंद बुद्धि कुमार राजभण्डारीले आफुले ठेकेदारसगं पटक पटक ताकेता गरिरहेको बताउनुभएको छ । उहाले करिब ९० प्रतिशत काम सम्पन्न भईसकेको बताउनुहुदै बाकी काम केहि दिन भित्रैमा सुरु हुने बताउनुभएको छ । यस्तै सोलुदुधकुण्ड नगरपालीकाका मेयर नाम्गेल जाङबु शेर्पाले तात्कालिन जिल्ला विकास समिति र ठेकेदार विचको सम्झौता भएको बताउनुहुदै काम सुरु नगरे कारबाही गरिने चेतावानी दिनुभएको छ । 
    आफुले ठेकेदारसगं कुरा गर्दा चाडै निर्माण सम्पन्न हुने आश्वासन दिने गरेको बताउनुहुदै मेयर शेर्पाले आफुले ताकेता गरिरहेको बताउनुभयो । यता निर्माण कर्ता अमर कन्सट्रक्सनका प्रोजेक्ट म्यानेजर सुजन दहालले भने काम सकिसकेको दाबी गर्नुभयो । उहाले सम्झौता अनुसार आफुहरुले काम सम्पन्न गरिसकेको भए पनि सम्झौता भन्दा फरक काम गर्न लगाएकाले जिम्मा लगाउने काममा ढिलाई भएको दाबी गर्नुभयो । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org