ताजा खबर

समाचार

  • लेक लागेर दुई जनाको मृत्यु ।

     
    सोलु एफ एम, जेठ ६
     
    सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा ट्रेकिङ भरियाको लेक लागेर मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालीका १० टाप्टिङका २९ बर्षिया पेमारिञ्ज शेर्पाको लेक लागेर आईतबार बिहान मुत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । 
    मेरापिकको खोर भन्ने स्थानमा मृत्यु भएका शेर्पाको शव हेलिकप्टरबाट उद्धार गरी तेन्जीङ हिलारी विमान स्थल लुक्ला पु¥याई आवश्यक कानुनि प्रकृया पुरा गरिएको प्रहरी निरिक्षक एव्म सुचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।
         यसैविच महाकुलुङ गाउपालीकाकै वडा नम्बर १ कोठेमा अर्का एक जनाको लेक लागेर ज्यान गएको छ । ईटहरी उपमहानगरपालिका वडा नम्बर २ का ३८ बर्षिया डिल्ली प्रसाद पौडेलको लेक लागेर शनिबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक तथा सुचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिनभयो । 
    विरामीलाई उद्धार गर्न आएको हेलिकप्टर मौसम प्रतिकुलताका कारण अवतरण हुन नसक्दा पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ । पौडेल सिहं बाहिनी बर्कसर्प एण्ड ईन्जिनियरिङ ईटहरीबाट पेल्ट्रिकसेट मर्मत गर्न सोलुखुम्बुको महाकुलुङ आएको बुझिएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org