समाचार

  • नेपाली महिला पत्रकारको समुहले कहिले सगरथामा आरोहण गर्दै छन् ?

    news

    भोजराज कार्की, सोलु एफ एम
    जेठ ५, २०७५
    सोलुखुम्बु ः सगरमाथा आरोहणका लागि पाँच जना महिला नेपाली पत्रकारको समुह शनिबार बिहान चुचुरो तर्फ प्रस्थान गरेका छन् । क्याम्प तीन सम्म पुगेर सगरमाथा आधार शिविरमा रहेका महिला पत्रकारको समुह शनीबार बिहान २ बजे शिखर चुम्नेगरि क्याम्प २ हुदै चुचुरो तर्फ प्रस्थान गरेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । 
    यस यामको बसन्त ऋतुमा सात नेपाली महिला पत्रकारले विश्वको शिखर सगरमाथाको आरोहण गर्दैछन् । सात जना मध्ये पाँच जना एकै समुहमा रहेका छन् । विभिन्न सञ्चार गृहमा रहेका उनीहरुले ‘समानताका लागि बुलन्द आवाज’ भन्ने नारा लिएर सगरमाथा आरोहण गर्नेछन्् । 
    आरोहण समूहमा रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरी पाँचजना महिला पत्रकार छन् ।
    आधार शिविरबाट रोशा बस्नेले आफुहरुको अभियान सफल हुनेमा ढुक्क रहेको बताईन् । यस अघि क्याम्प तीन सम्म पुगी सकेका छौ, बस्नेतले भनिन्, “क्याम्प तीन सम्म पुग्दा कुनै समस्या छैन, हाम्रो अभियान पुरा हुन्छ ।”
    सगरमाथा आरोणलाई निक्कै शासहीक कार्यको रुपमा लिईन्छ । जुनसुकै काम गर्नको लागि सबैभन्दा पहिला आट चाहिन्छ, आधारशविरबाट कल्पना महर्जनले भनिन्, “त्यो आँट हामीले ग¥यौ अबश्य सफल भएरै छाड्छौ ।” 
    पत्रकारले अरुको अनुभव सुनाउने भन्दा पनि आफैले अनुभव गरेर सुनाउने योजना रहेको कल्पनाको भनाई छ । 
    यस अघिनै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाको नेत्तृत्वमा रहेको आरोही समुहले २०१८ मे २३, सम्ममा सगरमाथाको शिखरमा पाईला टेक्ने नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।  
     
    “सबैको सहयोग पाईएको छ” रोशा बस्नेत ः
    राष्ट्रिय समाचार समितिमा आबद्ध रोशा बस्नेतको जन्म २९ बर्ष पहिला मोरङमा भएको हो । बुबा गमबहादुर बस्नेत र आमा पद्मा कुमारी बस्नेतको कोखबाट जन्मेकी बस्नेत राष्ट्रिय समाचार समितिमा अङ्ग्रेजी समाचार सम्पादक छन् ।
    सगरमाथाको आरोहण सफल बनाउनको लागि मिडिया हाउस, घरपरिवार, समाज र राष्ट्रले नै सहयोग र प्रोत्साहन गरेको बस्नेतको भनाई छ ।
     
    “सगरमाथा आरोणकै लागि मैले, दोस्रो जन्म पाएको जस्तो लाग्छ” कल्पना महर्जन ः
    बुबा कृषण महर्जन तथा आमा इन्द्रकमल महर्जनकी जेठी छोरीको रुपमा ३२ बर्ष अघि दोलखामा जन्म भएको हो । एक छोराकी आमा समेत रहेकी कल्पना हाल ललितपुरबासी हुन् ।  कल्पना हाल मेघा टेलिभिजनमा सिनियर कार्यक्रम प्रस्तोता  र उत्पादक पनि हुन् । 
    पर्यटन पत्रकारितामा करिब एक दशक पार गरिसकेकी कल्पनाले यसअघि सन् २०१४ मा पनि सगरमाथा आरोहण गर्ने प्रयास गरेकी थिईन् । 
    कल्पनाले आधारशिविरबाट भनिन् सगरमाथा आरोहणको अभ्यास र तालिम अन्तर्गत मेरापिकमा हुटुटीका कारण दुर्घट्नामा परेको थिए” भनिन्, “सात दिन कोमामा परेर सात हप्तामा साधारण अवस्थामा आइपुगेकी  थिए” कल्पनाले त्यो क्षण सम्झिँदै भनिन्, ‘मेरो दोस्रो जन्म हो र म बाँचेको सगरमाथा चढ्नलाई नै हो, म आरोहण गरेरनै फर्कन्छु भन्ने विश्वास छ ।’ 
     
    “एकपटक सगरमाथा चढ्छु भन्ने लक्ष्य थियो” प्रियालक्ष्मी कार्की ः
    न्युज २४ टेलिभिजनमा कार्यरत प्रियालक्ष्मी कार्की पनि पाँच आरोही महिला पत्रकार भित्रकै सदस्य हुन् । खेलपत्रकार कार्की अहिले २७ वर्षको छन् । उनीसहितको टोलि शनीबार बिहान २ बजे सगरमाथा आधारशिबिर बाट क्याम्प २ हुदै शिखरको चुचुरोतर्फ प्रस्थान ग¥यो । साहसिक काम गर्न निकै रुचि भएको बताउने प्रियालक्ष्मीले भनिन्, “जीवनमा एकपटक सगरमाथा चढ्छु भन्ने लक्ष्य थियो, त्यहि लक्ष्य अनुसार अहिले आरोणको अन्तिम यात्रामा छौ ।
     
    “घरपरिवार देखी सबैको सहयोग छ” देउराली चाम्लिङ ः 
    पुख्र्यौली घर खोटाङको हलेसी तुवाचुङ नगरपालीका हाल पाँचथरकी स्थायी बासिन्दा देउराली चाम्लिङ स्वतन्त्र पत्रकारको रुपमा चिनिन्छ । ३५ वर्षीया देउराली धरानको ‘ब्ल्यास्ट टाइम्स दैनिक’बाट पत्रकारिता सुरु गरेर वुमेन्स एरा मासिकको उपसम्पादक रहेर काम गरेको समेत उनीसंग अनुभव छ । 
    काठमाडौंमा भने मैत्री एफएमबाट पत्रकारीको यात्रा सुरु भएको देउरालीको भनाई छ । सगरमाथा आरोहणलाई सफल बनाउन घरपरिवार देखी विभिन्न संघसंस्थाले सहयोग गरेको उनको भनाई छ ।
    “सगरमाथाबाट तारा हेर्ने लक्ष्य छ” रोजिता बुद्धाचार्य ः
    सगरमाथा आरोहण यात्रामा रहनेकी रोजिता बुद्धाचार्य नेपाल टेलिभिजनमा आबद्ध छिन् । काठमाडौंकी २५ वर्षीया रोजिताले पाँच वर्षअघिदेखि नेपाल टेलिभिजनमा आजको विज्ञान कार्यक्रम गर्दै आएकी छिन् । हालै मात्र नासामा ताराहरूको अध्ययन र काम गरेर फर्केकि छु, रोजिताले भनिन्, अब सगरमाथाबाट तारा हेर्न मन छ यो पुरा हुनेमा ढुक्क छु ।”
     
    सगरमाथा आरोणको अन्तिम यात्रामा रहनुभएका पत्रकार समुहलाई सफलताको हार्दिक शुभकामना ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org