ताजा खबर

समाचार

  • पाँचदिनमा कति आरोही सगरमाथाको चुचुरोमा पुगे ?

    news

    भोजराज कार्की
    सोलुखुम्बु ः सगरमाथा आरोहणको आज पाँचौ दिन १८  आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका २ समुहका १८ जानाले शिखरमा पाईला टेक्न सफल भएको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । 
    बिहीबार आरोहण गर्नेमा ८ जना नेपाली र ८ जना विदेशी नागरिक रहेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । सम्पर्क अधिकृत श्रेष्ठले भने, “३ बिदेशी र ६ नेपाली सहितको टोली पनि शिखरमा गएको हो तर सम्पर्क भएको छैन ।” उनले भने, “सञ्चार सेटमा व्याट्री नभएर सम्पर्क नभएको हुनसक्छ सम्भवत उनीहरुले आरोहण सफल गरेका छन् । 
    आज सम्मको रेकर्ड अनुसार १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए।
    यस वर्षको बसन्त ऋतुमा १५ जना नेपाली महिला सहित ३ सय  ४६ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । 
    सोलुखुम्बुका दोर्जीले १५ औ पटक शिखरमा पाइला टेक्न सफल ।
    दोर्जी ग्याल्जेन शेर्पाले १५ औ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज विहान ७ ः३० बजे शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको सगरमाथा आधार शिविरबाट एचजी एभरेष्ट एक्सपिडिसन कम्पनीका मेनेजर भिम विश्वकर्माले जानकारी दिए ।
          सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ निवासी दोर्जी सहित अन्य दर्जनौ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । एचजी एभरेष्ट एक्सपिडिसन कम्पनीमार्फत आरोहणमा जानुभएका दोर्जीसंगै फुतेम्बा भोटेले भेषभुषाको पहिचान सहिच तीन पटक आरोहण गर्नुभएको छ । यस्तै विदेशी नागरिक ट्रान्स सुजना दाक्सीले पनि सोही समयमा अरोहण गरेको बताइएको छ । 
     
    पासाङ हिलाको आठौ आरोहण ।
     
    त्यसै गरी खुम्बु पासङ ल्हमु गाउपालीका ४ का पासङ हिला शेर्पाले पनि ८ औ पटक सगरमाथाको सफल आरोहण गरेको आधारशिविरबाट मेनेजर विश्वकर्माले जानकारी दिए । अहिले अधिकांश आरोही क्याम्प २, ३ र ४ मा पुगेर शिखर जाने तयारी जुटेका छन् । आरोहण सकेका आरोही भने धमाधम फर्कन थालेका छन् । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org