ताजा खबर

समाचार

  • मंगलबार सम्म पचास बढी आरोही सगरमाथाको चुचुरोमा ।

    news

    भोजराज कार्की
    सोलु एफ एम,जेठ १
     
    सोलुखुम्बु ः यो सिजनको मंगलबार सम्म करिब ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेको छन् । आरोहण सुरु भएको दोस्रो दिन सोमबार मात्रै एकैपटक ४० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । 
    आरोहण सुरु भएको आज तेस्रो दिन मंगलबार भने मौसम प्रतिकलताका कारण आरोहण भएको कुनैपनि जानकारी प्राप्त नभएको सम्पर्क अधिकृत श्रेष्ठको भनाई छ । बसन्त ऋतुको मे १३ अर्थात बैशाख ३० देखी आरोहण सुरु भएको थियो ।
    बटो बनाउँदै गएका आठ जना नेपाली टोलिले पहिलो दिन सगरमाथाको चुचुरोमा पाईला टेकेको सम्पर्क अधिकृत श्रेष्ठले बताए । अहिले अधिकांश आरोही क्याम्प चारमा पुगेर बसेका छन् भने केही आरोही सगरमाथा आधार शिविरमा नै रहेका छन् । 
     
    दुवै कृतिम खुट्टा भएका चिनिया नागरिकको सफल आरोहण 
     
    दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ नागरिक सिए बोयोले सोमबार बिहान सगरमाथाको सफल आरोहण गरेका छन् । इमाजिन टे«क्स एण्ड एस्पिडिसन प्रालि मार्फत सगरमाथाको आरोहणमा गएका चिनिया नागरिकले सफलता पुर्वक सगरमाथाको आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । सम्पर्क अधिकृत श्रेष्ठका अनुसार उनीसंगै सात चिनियाँ आरोहीले सोमबारनै सफल आरोहण गरेका छन् । 
    सन् २०१५ मा पनि आरोहण अनुमति लिएका बोयो भूकम्पका कारण सगरमाथा आधारशिविरबाटै फर्कनु परेको थियो । शारीरिक रुपमा कमजोर भएका नागरिकले सगरमाथा आरोहण गरेको यो पाँचौँ उदाहरण रहेको पर्यटन विभागले जनाएको छ । 
     
    एकै मौसममा दुई आरोहणको कीर्तिमान ।
     
    बसन्त ऋतुमा नेपाली महिला आरोही निमा जाङ्मु शेर्पाले सगरमाथा र ल्होत्सेको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेकी छिन् । आरोही शेर्पाले गत वैशाख १६ गते ल्होत्से हिमालको सफल आरोहण गरेका थिईन् भने सोमबारनै सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले सगरमाथा आरधार शिविरबाट जानकारी दिए ।  
     
    सगरमाथा आरोहणका लागि यस वर्ष चार नेपाली सहित ३८ आरोहण दलका ३६४ आरोही सगरमाथाको आधारशिविर गएका छन् । यसमध्ये चार समूहमा २० जना नेपाली छन् । अघिल्लो वर्षको यसै मौसममा ४३ वटा समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।
     

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org