ताजा खबर

समाचार

  • सोलुखुम्बुको प्रकृतिलाई यसरी बर्णन गर्छिन् आङ्ङिमा ।

    news

    सोलु एफ एम, बैशाख ११,
    गायक तथा रचनाकार आङ्ङिमा शेर्पा (कुङ्गा)को शेर्पा भाषामा रहेको नयाँ गीत स्याब्रु बजारमा आएको छ । रचनाकार तथा निर्देशक समेत रहनुभएकी शेर्पाको उक्त गीत आज एक कार्यक्रमका बीच सार्वजानिक गरिएको हो । 
    उक्त स्याब्रु गीतमार्फत प्राकृतिक सौन्दर्यतालाई शेर्पा भाषामा बर्णन गरिएको छ । सोलुखुम्बु जिल्लाको अधिकांश प्राकृतिक सम्पदा सगरमाथा सहित विभिन्न हिमाल, डाडा, पाखाहरुले शब्द मार्फत यस गीतमा स्थान पाएको गायीका तथा निर्देशक आङङिमा शेर्पा (कुङ्गा)ले जानकारी दिनुभयो । शब्द र संगित समेत स्वायम् गायीकाकै रहेको उक्त स्याब्रु गीतको भिडियो समेत भएको भन्दै यसलाई युटुव मार्फत अवलोकन गर्न सकिने बताईएको छ ।
     
     
    यस अघि दर्जन बढी शेर्पा भाषा सम्बन्धि गितको रचना गर्नुका साथै आवज दिनुभएकी शेर्पाले राष्ट्रिय भाव सहितको अन्य विभिन्न तीन वटा एल्ब्म प्रकाशन गर्न समेत सफल हुनुभएको छ । जुन एल्बम्मा शेर्पाकै शब्द, रचना तथा आवज रहेको छ । शेर्पा भाषाको तेस्रो चलचित्र टिन्छेनफमाको निर्देशन समेत आङङिमा शेर्पालेनै गर्नुभएको छ । उक्त चलचित्र सोलुखुम्बु सहित पुर्वी पहाडी जिल्लाको विभिन्न भुभागमा प्रर्दशन गरिएको छ भने श्रोता र दर्शकले समेत निक्कै मनपराएको शेर्पाले बताउँनुभयो ।  शेर्पा सोलुखुम्बु महाकुलुङ गाउँपालीकाको गुदेलमा जन्मनुभएको हो ।
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org