ताजा खबर

समाचार

  • जनउत्तरदायी भएर काम गर्न कर्मचारीलाई आयुक्त डा गुरुङको निर्देशन ।

     
    सोलु एफ एम सोलुखुम्बु, चैत्र ५
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्रि थापा गुरुङले जनउत्तरदायी भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय ईटहरीको आयोजनामा सोलुखुम्बुको सल्लेरीमा भएको छलफल कार्यक्रममा बोल्नुहुदै आयुक्त डा गुरुङले सेवाग्राही प्रति बफदार रहि सेवा प्रभाह गर्न निजामति कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सार्वजनिक पद धारण गरेका ब्यक्तिले जनतासगँ प्रत्यक्ष सरोकार राखी सेवालाई चुस्त दुरुस्त बनाउनुपर्ने उहाको भनाई थियो । 
    सबै एक जुट भएर आगी परे मात्रै भष्ट्रचारमा शुन्य शहनशीलताको निति अबलम्बन गर्न सकिने बताउनुहुदै उहाले भ्रष्टचार निवारण गर्न सके मात्रै विकासले गति लिने धारणा ब्यक्त गर्नुभयोे । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीकाप्रमुख प्रदिप कुमार कोइरलाले पहिला भन्दा अहिले अख्तियारको क्षेत्र झन फराकीलो भएको बताउनुभएको छ । 
    अख्तियारले  विगतका दिनमा राष्ट्रसेवक कर्मचारीलाई मात्रै हेदै आएकोमा हाल निर्बार्चित प्रतिनिधि पनि अख्तियारको कार्यक्षेत्रमा पर्ने उहाको भनाई छ ।हरेक विकास निर्माण र बजेटका गतिविधि पारदर्शि र जबाफदेही हुनु पर्ने भन्दै प्रमुख कोईरलाले त्यसमा अख्तियार सधै चनाखो रहने बताउनुभयो । 
    त्यस्तै कार्यक्रममा बोल्नुहुदै सोलुदुधकुण्ड नगरपालीकाका मेयर नाम्गेल जाङबु शेर्पाले जनप्रतिनिधिहरु जनता प्रति उत्तरदायी भएर काम गर्नु पर्ने बताउनुभयो । उहाले लामो समय पछि जनताले जन निर्बाचित प्रतिनिधि प्राप्त गरेकाले जनताले प्रत्यक्ष अनुभुति हुने गरी काम गर्नुको विकल्प नरहेको धारण ब्यक्त गर्नुभयो । कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ईटहरीका प्रमुख प्रदिप कुमार कोइरलाको अध्यक्षता तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्रि थापा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org