समाचार

  • सोलुखुम्बुमा नगरपालीकाको समन्वयमा गरिएको बजार अनुगमनमा म्याद नसकिएको सामाग्री समेत जफत ।

     
    सोलु एफ एम सोलुखुम्बु, चैत्र ५
    जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको बजार अनुगमनमा व्यापक कम्जोरी पाईएको छ । सोलुदुधकुण्ड नगरपालीकाको समन्यमा बजार अनुगमन गर्दा म्याद गुज्रीएको भन्दै म्याद नसकिएको सामान समेत टोलीले विभिन्न पसलहरुबाट खाद्यबस्तु थजफत भएको  पाईएको हो । 
    गत चैत्र ३ गते सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाको संयोजकत्वमा नगरपालीकाका मेयर नाम्गेलजाङ्बु शेर्पा सहितको टोलीले सल्लेरी बजार अनुगमन गरेको थियो । बजार अनुगमनको क्रममा अधिकांश खाद्य बस्तु म्याद सकिएको पाइएकाले जफत गरिएको थियो ।
    अखाद्य बस्तु व्यापारी आफैले सचेतपुर्वक उपभोक्ताको स्वास्थ्यमा असर पर्ने भएकाले बिक्रि बितरण गर्नुनहुने भएपनि बिक्रि गरिएको पाईएकाले जफतनै गर्नुपरेको बताएको छ । म्याद नाघेका खाद्यबस्तु जफत गरेपनि भेनिगर सस भने म्याद हुँदा हुँदै पनि जफत भएको पाईएको उद्योग बाणिज्य संघ सोलुखुम्बुका अध्यक्ष जयप्रसाद राईले जानकारी दिनुभयो । उक्त सस उद्योग बाणिज्य संघ सोलुखुम्बुको समन्वयमा सम्बन्धित पसलमा फिर्ता गर्ने प्रशासन कार्यालय संग समन्वय भएको उद्योग बाणिज्य संघका सचिव तार्देन शेर्पाले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org