समाचार

  • माटोको ढिस्कोमा पुरिएर इञ्जिनियरसहित २ को मृत्यु

     
    १ चैत, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा माटोको ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका निवासी अन्दाजी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का अन्दाजी २५ वर्षीय राजु दुलाल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक राजकुमार थापाका अनुसार लिखु हाइड्रो पावर र स्थानीयको लगानीमा खनिएको सिवालय वाम्ति सडकको बाटो नाप्ने क्रममा बुधबार साँझ माथिबाट माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।घटनास्थलबाट प्रहरी चौकी तथा हाइड्रो पावर समेत केही टाढा भएको कारण आधा घण्टा पछि मात्र उद्धार टोली घटनास्थलमा पुगेको थियो । प्रहरी चौकी शिवालयबाट पुगेको प्रहरी टोली र हाइड्रोका कर्मचारी तथा स्थानीयबासी समेतको मद्दतमा उनीहरुको शव घटनास्थलबाट निकालिएको थियो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org