ताजा खबर

समाचार

  • नारि दिवसले दिनुपर्ने सन्देश ।

    news

     हरेक वर्ष मार्च ८ मा अन्तर्रा्ष्ट्रिय नारी दिवश हामी सबैले मनाउँदै आएका छौं । यो कुनै नौलो कुरा भएन । मार्च ८ शोषणबाट मुक्तिको महाभियानको शुरुवात भएको दिन हो । तर, अझै पनि नारीहरु पुर्ण अधिकारसम्पन्न भइसकेका छैनन । त्यसकारण मार्च ८ को सान्दर्भिकता अझै पनि उस्तै छ ।
        नारी संसारका निम्ति महत्वपुर्ण सिर्जना हो । जसको अभावमा संसार अघि बढन सक्दैन । हाम्रो बोलिचालिको क्रममा भन्ने गरिन्छ, ‘आधा आकाश नारी आधा आकाश पुरुष हो’ यस्ता भनाईहरुको हामी कति दिन सम्म उखानमा मात्र सीमित हुने हो ? नारीलाई किन सधैं कमजोर मात्रै ठान्ने परम्परा हावी गर्ने हो भन्ने प्रश्न गर्न मन लाग्छ हामी नारी आफैं कम्जोर भएका कि हामीलाई कम्जोर बनाईएको हो ? यो मेरो प्रश्न हो । हो, हामी सधैं नारीलाई कमजोर पात्रको रुपमा मात्र हेर्ने प्रवृति किन हावी हुन्छ ? किन महिलालाई काम गर्न सक्ने छन भनेर उनीहरुलाई हौसला दिन यहाँ प्रायः मानिस हिचकिचाउँछन ? यसरी महिलालाई सधै समस्याको रुपमा मात्र बनाउने हो कि महिलालाई पनि पुरुष सम्मान अधिकार, काम , कर्तव्य पूरा गर्न साथै शिक्षित बनाउने बाटोतर्फ उन्मूख गराउने हो काम मात्रै सफल हुदाँ महिलालाई महान ठान्ने हैन् काम भन्दा अगाडि पुरुष सो सरह शिक्षा दिन पनि आजको आवश्यकता हो ।
           किन कि यसरी हातका औंलाहरुमा गन्न सक्नेमात्र पद दिनु हुन्न । हरेक तह र तप्कामा महिलाहरुलाई बनाउन सक्ने ज्ञान क्षमता दिन सक्नुपर्छ । यसरी काम गर्न नै नसक्ने कुराको नाम दिने हैन अबको नेपाल एउटा नारीलाई पनि पुरुष सम्मान हरेक घरघरबाट अधिकार मिलोस । साथै महिला भएकै कारण यो समाजबाट आलोचनाको शिकार बन्न नपरोस । यहाँ धेरै नारीहरु अहिले पनि नारी भएर नै विभिन्न किसिमका हाम्रा अस्मिता दिनहुँ लुटिएका कुरा समाचार बनिरहेका छ ।
        यसरी सधैं नारी हुनुका कारण नै यस्तो कुकर्ममा हामी कति दिन सम्म समस्या बनीरहनुपर्ने हो । यो अहिले जटिल समस्या हो ।तर, अहिले पनि हामि नारीहरु यस्तै समस्यालाई विभिन्न घटनाहरु हुन्छ परिवारको ईज्यत साथै समाजको डरहरुलाई समेटेर आफ्नो उज्वल भविष्यलाई अन्धकारको भूमरीमा परिरहेका छौ । यस्ता हरेक कुरालाई नारीले मात्रै सहन सक्ने क्षमता हुदैन यस्ता हरेक कुराको ख्याल गर्दा नारी हरेक पल आँशुको पोखरीमा डुबुलकि मार्दै उ यो कुसंस्कारको खोल ओढेको समाजमा उभिएर हिडे कि छ। हो यस्ता कहान नारीलाई अब सबै जना मिलेर एकअर्काको सहार बनि असल समाजको निर्माण गर्नतर्फ अगाडि बढ्नु पर्छ । यहाँ नारीका लागि नारीले आवाज उठाउनु पर्छ किन कि नारीको दुख नारीले मात्रै बुझेका हुन्छन् ।
        तर यहाँ त्यो चलन छैन आजसम्मका घटनालाई नियाल्दा हरेक घटनाहरु नारीले नै शोषण गरेको पाईन्छ । हो वास्तविक जस्लाई पनि तितो लाग्न सक्छ तर तितो भित्रको सन्दर्भलाई साम्रोसंग बुझ्यो भने त्यो ओखती बन सक्छ । अब यसरी हामी नारी नारी एक आपसमा कुरा काटाकाट हैन्, एक अर्काको भावनालाई बुझ्ने कोशिस गरीयो भने सधैं सदभावपूर्ण रुपले बाँच्न सकिन्छ ।
        यसरी हामी समाजका निम्ति एक त नारी आवाज केहि हैन भन्ने मानसिकता बोकेकाहरु बस्ने समाजमा छौ । त्यसमा हामी एक अर्का प्रति लडाई गरे र कहाँ अधिकार प्राप्ति गर्न सक्छौ र टुटेर हैन हामी जुटेर समस्याको समाधान गर्न तर्फ एकिकृत हुन आजको आवश्यकता हो । समाजमा हुने आपराधिक घटनालाई निर्मूल पार्नका लागि हामी सधैँ एक हुनुपर्दछ । हामी नारीहरु घरमा बसेर मात्रै अधिकार मागेर पाउने सम्भावना छैन । त्यहि भएर पनि हामिले आफ्नो अधिकारको दायरा फराकिलो बनाउनका लागि हामि अलिकति समयनुसार परिवर्तित हुनपनि जरुरी छ । आफ्नो काम कर्तव्यलाई सधै सम्मान गरेर आफ्नो हक अधिकारलाई संविधानका पानाहरु सजाउनका लागि मात्रै हैन भन्ने मूख्य उद्देश्य लिई अगाडि बढी रहनुपर्छ । हाम्रो देशमा राष्ट्राध्यक्षका रुपमा महामहिम राष्ट्रपति पुन महिलानै हुँदैहुनुहुन्छ । यसअघि सभामुख पनि महिला बनिसक्नुभएको छ । साथै विश्वभरि किर्तिमान पनि कायम राखेको छ । तर यसरी आश्चर्य मान्नुपर्ने दिन नआओस भन्न चहान्छु ।
        किन कि यसरी हातका औंलाहरुमा गन्न सक्नेमात्र पद दिनु हुन्न । हरेक तह र तप्कामा महिलाहरुलाई बनाउन सक्ने ज्ञान क्षमता दिन सक्नुपर्छ । यसरी काम गर्न नै नसक्ने कुराको नाम दिने हैन अबको नेपाल एउटा नारीलाई पनि पुरुष सम्मान हरेक घरघरबाट अधिकार मिलोस । साथै महिला भएकै कारण यो समाजबाट आलोचनाको शिकार बन्न नपरोस । हरेक कुरामा अधिकारको लागि पटक पटक नारीलाई समाजबाट तिरष्कृत बनाएको खबर सुन्न नपरोस । एउटा पुरुषले भनेको कुरामा मात्रै महिला सधै उसकै डर, त्रासमा जीवनलाई कहिले काल आउँछ भन्ने प्रतिक्षा गरी उनीसंग भएका हरेक कुराहरुलाई ज्यूदैँ सपनाहरुलाई आर्यघाटमा जलाउने दिन नआओस । हो ,यस्ता हरेक तडपिएका नारीहरुलाई मलम लगाउनसक्ने समाज निर्माण होस ।
        हरेक मानिसको आआफ्नै क्षमताहरु हुन्छन । तिनीहरुलाई प्रस्फुटन गर्न अवसर दिनुपर्छ । अबका नारीहरु आँशु खसालेर बस्ने हैन यो आँशुलाई शक्तिमा परिणत गरेर आफ्नो उज्वल भविष्य निर्माण तर्फ अग्रसर हुन जरुरी छ । नारि पछाडी प¥यो भन्दा पनि किन पछाडी छौ बुझ्दै अगाडी बढ्नुनै आजको आवश्यकता हो । साथै यो नारी दिवशले सबैलाई साहसी बन्ने हौसला मिलोस शुभकामना ।
        शान्ती बस्नेत, सोलुखुम्बु ।

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org