समाचार

  • प्रेम पत्र लेखन प्रतियोगिता २०७४ मा सोलुखुम्बु सल्यानका पराजुली विजेता

    news

    रेडियो कार्यक्रम मेरो एउटा साथी छ ले आयोजना गरेको प्रेम पत्र लेखन प्रतियोगिता २०७४ मा प्रेम पत्र लेख्दै विजेता बन्नुभएको सोलुखुम्बु सल्यानका भुपेन्द्र पराजुलीलाई हार्दिक बधाई छ । विशेष साथीको बारेमा बयान गर्न स्रोताको टेलिफोन मार्फत सहभागिता हुने कार्यक्रम मेरो एउटा साथी छ ले प्रणय दिवसको अवसरमा प्रेम पत्र लेखन प्रतियोगिता गरेको हो । जस्मा १० जनाको सहभागिता रहेको थियो । पराजुलीले  लेख्नुभएको प्रेम पत्र यस्तो छ :
    मायाको पहिलो सौगात स्वरुप हृदयको मेरो सानो अनुरोध कोरेर तिमीलाई मायाको, भिक माग्दै छु।१ मेरो रोजाइ मा मन परेकी सानु ।। न्यानो माया अनि मिठो सम्झना ।१ सानु जीवनमा पहिलो प्रेमपत्र तिम्रो नाममा कोर्दैछु । तिम्रो न्यानो स्नेह र साथको आशमा। सायद तिम्रो मायामा म नजानिँदै फस्दैछु र मलाई साहरा दिइ बचाउने पनि मात्र तिमी छौ यो संसारमा। के मेरो समीपमा आएर मेरो माया स्वीकार्छौ भन्ने आशा लिएको छु।१ सानु भन्छन्, माया बस्न मात्र एक नजर नै काफी छ । तर म त्यसको प्रतिकार गर्थें, वाहियात ठान्थें । सोच्थेँ, यो त सब भन्ने कुरा न हो । अनि विश्वास गर्थेँ, यथार्थमा। अरूले गर्ने मयालु भावनाका कुरामा कहिल्यै विश्वासै लाग्दैनथ्यो। तर अहिले १ म गलत भइरहेछु सानु तिम्रा ती निश्चल र निर्मल नयनका सामु म झुकेँ वा झुकाइएँ । तिम्रो एकै नजरले मैले आफूलाई गुमाएँ। 
    म नचाहेरै पनि तिमीतिर तानिएँ। तर तिमी १ तिमी त यो मेरो प्रेमबारे नै अनभिज्ञ छौ, नादान छौ। अचम्म लाग्छ, किन म तिमीसँग आँखा जुधाउन सक्दिनँ। मेरा आँखा अनायसै झुक्छन्, तिमी सामु हुँदा। मेरो जिउ शिथिल हुन्छ तिम्रो समीपमा आउँदा। के तिमीलाई मेरो यो अवस्थाको आभास हुँदैनरु वा तिमी निर्दोष बनिरहेकी छौ सानु जानीजानीरु म तिम्रो निर्मल आँखाको सागरमा डुबुल्की मार्न चाहन्छु, हराउन चाहन्छु, अनि भुल्न चाहन्छु आफैलाई। तिमीमा, र केवल तिमीमा। पूर्ण रूपमा समाहित भएर, बस् तिमीसँग । ती नीलो सागर सिंगै बोक्ने तिम्रो नयन, त्यो हँसिलो र प्रज्वलित मुखमण्डल अनि मधुर मुस्कान देख्दा लाग्छ तिमी मानव नभएर साक्षात ईश्वरको प्रतिबिम्ब हौ ।
     तिम्रो निकटता कल्पिँदा संसारका सबै सुख र खुसीहरु मेरा पाउमा झुकिरहेका छन् झैँ लाग्छ। के छ खास तिम्रो मुस्कानमा, जसले हरक्षण मलाई पागल अनि पागल बनाउँदै लगिरहेको छ। तर यो पागलपन, उफ १ कस्तो आनन्दको आभास। तिमीलाई एउटा कुरो भनौंरु मेरा आँखाहरू तिमीलाई नै खोजिरहन्छन्, हरक्षण। तिमी हिँड्ने बाटोमा मेरा नजर बिछ्याएर बसिरहन्छु म। केवल तिमीलाई लुकेरै नियाल्न। मैले लिने हरेक श्वासमा तिम्रो प्रेमको मीठो वासनाको अनुभव गर्छु म। मेरो मुटुको हर धड्कन तिम्रै नाममा धड्किरहेका हुन्छन्। यी ओठ, केवल तिम्रो नाम पुकारिरहेका हुन्छन्। के तिमीले सुनेकी छौ सानु मेरो दिलको आवाजरु मेरो मनमा प्रवाहित तरङ्ग तिम्रो मनसम्म आइपुगेका छन्रु
     तर जेहोस्, म यो सानो पत्र तिम्रो नाममा कोर्दैछु, एउटा झिनो आशमा कि तिमीले एकदिन मेरो भावना बुझ्नेछौ। मेरो मनको चाहनालाई चिहान बन्न दिनेछैनौ। तर, यो त मात्र मेरो मनको आस न हो, जुन पूरा नहुन पनि सक्छ। तिमी विश्वास गर या नगर मेरो माया सागर जस्तो निर्मल र पवित्र छ, बादल जस्तो शितल छ, वसन्तको सौन्दर्य जस्तो सुन्दर छ, गोधुली साँझ जस्तो शान्त छ अनि सुधा जस्तै अमर छ। तर मेरो मायालाई स्वीकार गर्नु या नगर्नु त्यो त तिम्रो इच्छा को कुरो सानु । म त फेरि गरिब परिवार को एक्लो छोरा तिमीले स्वीकार्यौ भने संसारको सबैभन्दा धेरै र ठुलो खुसी मिल्नेछ मलाई। तिम्रो न्यानो काखमा असीम माया पोखिदिनेछु छताछुल्ल हुने गरी, अनि हराउनेछु तिमीभित्र। 
    अस्वीकारै गरेपनि म दुस्खी हुने छैन। मलाई थाहा छ, मैले तिमीलाई निस्वार्थ प्रेम गरेको छु। मैले मेरा हरेक श्वासका झोंक्का तिमीप्रति समर्पित छ। अनि अत्यन्तै प्रगाढ र गाढा। म तिमीप्रतिको प्रेमले मेरा हरेक अवयवहरुमा सीञ्चित गरेर राख्नेछु अनि जिउने प्रयास गर्नेछु तिम्रै प्रेममा। मेरो मायामा स्वार्थ नै छैन अनि मैले तिमीलाई जबर्जस्ती पाउने चेष्ठा गरेको पनि छैन। मेरा लागि प्रेम आत्मिय बन्धन हो, जहाँ मनसँग मनको गहिराइ नापिन्छ र यो अटुट रहन्छ। के तिमी मेरो यो मिठो अनुरोध स्वीकार गर्छौरु तिम्रो मायामा रम्ने हक दिन्छौ मलाई रु म तिम्रो जवाफ पर्खिरहनेछु, कालान्तरसम्म अनि यही निस्वार्थ प्रेम गरिरहनेछु। उही, तिम्रो मायाको भिकारी, नेचासल्यान २, सोलुखुम्बु, भुपेन्द्र पराजुली   ....
     
    पराजुलीलाई मायाको चिनो स्वरुप   प्रायोजक फेशन होम सोलुखुम्बुतर्फबाट प्रदान गरिएको कप 
    प्रयोजक फेशन होम सोलुखुम्बुका संचालक माया शेर्पा र सुजता तामाङ 
    कार्यक्रम सुरुवातको झलक:
    कार्यक्रम       प्रस्तोता  : सुष्टि सुनुवार  र यमुना मगर
     
    फेशनहोमका प्रायोजकको सन्देश :

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org