
भोजराज कार्की,
फागुन १, २०७४
सोलु एफ एम, सोलुखुम्बु ः निर्माण व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष महेश किराँतीले स्थानीय तहले सञ्चालन गरेको उपभोक्ता मुखि योजना सञ्चालनको अन्त्य गर्दै निर्माण व्यवसायी संघ मुखी विधान निर्माण गर्ने बताउनुभएको छ । प्रदेश नम्बर १ को केन्द्रिय विधान समितिको सदस्यमा सर्वसहमत निर्वाचित हुनुभएका अध्यक्ष किराँतीले स्थानीय तहले योजना सञ्चालन गर्दा निर्माण व्यवसायीलाई कुनैपनि क्षेत्रमा नसमेटेको आरोप लगाउनुभएको छ ।
योजना सञ्चालन गर्दा निर्माण व्यवसायी संघ संग कुनैपनि छलफल नगरी मनोमानी काम गरेकाले यसको नियन्त्रण गर्ने विद्यान निर्माण गर्ने किराँतीको भनाई छ । निर्माण व्यवसायी संघ मुखी कार्यक्रम सञ्चालन नहुँदा दिगो योजना सञ्चालन गर्न नसकिने अध्यक्ष किराँतीको तर्क छ । उहाले प्रदेशका प्रस्तावीत मुख्य मन्त्रि संगपनि योजना सञ्चालन तथा स्थानीय तहको गतिविधिको बारेमा सकरात्मक छलफल भएको बताउनुभयो ।
निर्माण व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष महेश किराँती प्रदेश नम्बर १ को केन्द्रिय विधान समितिमा सर्वसहमत निर्वाचित हुनुभएको छ । बिराटनगरमा सम्पन्न अधिवेशनले अध्यक्ष किराँलाई विद्यान समितिको सदस्यमा निर्वाचीत गरेको हो ।
माघ २७ र २८ गते बिराटनगरमा सम्पन्न १९ औ अधिवेशनले किराँती सहित ६ जनालाई विद्यान निर्माण गर्ने जिम्मेवारी दिएको छ । गठीत विधान समितिले निर्माण गरेको बिधानको अधारमा आगामी जेठमा राष्ट्रिय महाधिवेशन हुने निर्माण व्यवसायी संघले जनाएको छ ।