समाचार

  • एम्बुलेन्स सहयोग गर्न दक्षिण कोरियामा लाईभ कन्सर्ट ।

    news

    भोजराज कार्की
    फागुन १, २०७४
    सोलुखुम्बु ः
    जिल्ला अस्पताल फाप्लुलाई सोलुखुम्बु सेवा समाज दक्षिण कोरीयाले एम्बुलेन्स सहयोग गर्नेभएको छ । सोही उदेश्यले कोरीयनहरुको नयाँ बर्ष सलनालको अवसरमा  फागुन तीन अर्थात फेब्रवरी १५ का दिन दक्षिण कोरियामा एभरेष्ट म्युजीकल लाईभ कन्सर्ट तीनको आयोजना गरिएको छ । 
    “विश्वको सर्बोच्च शिर सगरमाथा नेपालीको शान, सञ्जिवनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान” भन्ने नारा राखेर कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला अस्पताल फाप्लुलाई एम्बुलेन्स सहयोग गर्ने उदेश्यका साथ कार्यक्रमको अयोजना गरिएको सेवा समाजका सह–सचिव गोबिन्द नाछिरिङले जानकारी दिए । विभिन्न चर्चित कलाकारहरुको उपस्थितिमा दक्षिण कोरियाको राजधानी सौलमा कार्यक्रम हुने सह–सचिव नाछिरिङले बताए । कार्यक्रममा नेपाली कलाकारहरु सन्दिप क्षेत्री, सिब परियार, मेलिना राई, राज सिग्देल, मनिता राई, र मिलन लामा दक्षिण कोरिया जादैछन् । 
    सहयोग अभियानको लागि सोलुखुम्बु सहित अन्य जिल्लाबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपालीहरु मार्फत आर्थिक संकलन भईरहेको छ । सह–सचिव नाछिरिङले भने, “अहिले सम्म करिब रु.१० लाख जम्मा भईसकेको छ, करिब रु.२० लाख सहयोग गर्ने प्रतिबद्धता आईसकेको छ ।” उनले भने, “कार्यक्रमको दिन पनि हामीलाई धेरै सहयोग प्राप्त हुने विश्वास लिएका छौ, जसबाट एम्बुलेन्स खरिद गर्न सकिन्छ होला ।”
    सोलुखुम्बुमा सुविधा सम्पन्न अस्पताल निर्माण भईनसकेकाले आकस्मिक विरामी हुँदा बिकट गाउँबाट अझै हेलिकप्टर च्याटर गर्नुपर्ने बाध्यता छ । नाछिरिङले भने, “सडक सञ्जाल गाउँगाउँमा पुगीसक्यो गाडी रिजर्ब गर्दा महङ्गो हुन्छ, जिल्लामा प्रशस्त एम्बुलेन्स छैन, त्यसैले सहुल्यतमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सकियोस भन्ने उदेश्यले सहयोग गर्न लागिएको हो ।” 
    अहिले नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा, नेले बिकास समाज र काँगेल बिकास समाज द्धारा एम्बुलेन्स सेवा सञ्चालनमा छ । पहिलो चरणमा जिल्लामा एउटा सहयोग गर्ने र सहयोग जुटेको खण्डमा सातैवटा गाउँपालीकामा एक एक वटा एम्बुलेन्स सहयोग गर्ने योजना बनाएको पनि सोलुखुम्बु सेवा समाज दक्षिण कोरीयाले जनाएको छ ।
    आर्थिक तथा रोजगारी अभावको कारण दक्षिण कोरिया पुगेका करिब ३ सय जना नेपालीले अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताईएको छ । अभियानमा सहयोग जुट्नेक्रम जारी रहेको समाजले जनाएको छ । सहयोग गर्ने सबैको नाम जिल्ला स्थीत स्थानीय एफ एम मार्फत प्रशारण गरिने योजना रहेको पनि सह–सचिव गोबिन्द नाछिरिङले दक्षिण कोरियाबाट जानकारी दिए । 
    २००३ साल अगाडी गठन भएको सोलुखुम्बु सेवा समाज दक्षिण कोरीयाले जिल्लाको विभिन्न बिकास निर्माणमा सहयोग गर्दै आएको छ । समाजले यस अघि जिल्लाको विभिन्न विद्यालयमा भवन निर्माण गरिसकेको छ भने अन्य थुप्रै सामाजीक कार्य गर्दै आएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org