समाचार

  • कोहलपुर महोत्सवमा सरस्वतीले मच्चाईन हगंमा,३ जना प्रहरी नियन्त्रणमा ।

     
    सोलु एफ एम, माघ २७ – बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको दोस्रो दिन शनिबार गायिका सरस्वती लामाको सांगितिक प्रस्तुतिका कारण महोत्सवस्थल अनियन्त्रित भएको छ । लामाले महोत्सवमा एउटा गीत गाएर दोस्रो गीत ‘काले दाई काले दाई’ गाउने क्रममा शरिरमा लगाएका कपडा एकपछि अर्को खोल्न थालेपछि  सहभागी युवाहरु अनियन्त्रित भएपछि लामाको प्रस्तुति बीचमै रोकिएको छ ।
    लामाको गीतसँगै सहभागी युवाहरु उच्छृंखल भई अश्लीलता प्रदर्शन गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । कार्यक्रम स्थलबाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको डिएसपी भट्टराईले जानकारी दिनुभयो ।
    सरस्वती लामाको प्रस्तुति अश्लील र विवादित हुने भन्दै प्रहरीले आयोजक कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीलाई सरस्वती लामाको कार्यक्रम नराख्न अनुरोध गरेको थियो । तर आयोजकले ल्याउने  अडान राखेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि मर्या्दित कार्यक्रम गर्न आयोजकको ध्यानाकर्षण गराउनुभएको थियो ।
    प्रहरीले विवादका बीचमा लामालाई सुरक्षित रुपमा महोत्सवको सचिवालयमा र्पुयाएको थियो । कोहलपुर महोत्सवमा शनिबार गायक स्वरुपराज आचार्य, कमल खत्री र नायिका केकी अधिकारीको पनि प्रस्तुति थियो ।
     

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org