समाचार

  • सगरमाथा क्षेत्रको १५ टन बढि फोहोर तारा एअरलाइन्स मार्फत काठमाण्डौ ढुवानी ।

    सृष्टि सुनुवार, सोलुखुम्बु । 

    माघ १- सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क रुपमा १५ हजार २ सय २९ किलो फोहोर ढुवानी गरेको छ । सगरमाथा प्रदुशन  नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सल ढुवानी गरेको हो । 

     २ बर्षको अवधिमा उक्त फोहोर ढुवानी भएको तारा एअरलाइन्सका साहायक स्टेशन म्यानेजर अमृत मगरले जानकारी दिनुभयो ।  प्रत्येक वर्ष सरसफाइ अभियान नै चलाएर एसपिसिसीले सगरमाथा प्रवेशद्वार नाम्चेदेखि सगरमाथाको आधारशिविरसम्मको फोहर सङ्कलन गर्ने गरेको छ । सगरमाथा क्षेत्रमा सङ्कलन भई काठमाडौँ लानुपर्ने फोहरमध्ये एक वर्षमा १२ टन फोहरलाई तेन्जिङ हिलारी विमानस्थल लुक्लादेखि अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाडौँसम्म निःशुल्क ढुवानी गरिदिने सम्झौता सन् २०१६ मा तारा एअरलाइन्स र  एसपिसिसी बीच भएको थियो सोही अनुसार सन् २०१६ मा ४ हजार २ सय २९ केजि र  सन् २०१७  मा ११ हजार केजि फोहोर काठमाण्डौ पुर्याइएको हो । 

    पुनः प्रयोग गर्न सकिने नजल्ने फोहोर काठमाण्डौ ढुवानी गर्ने गरिएको छ ।   साहायक स्टेशन म्यानेजर मगरका अनुसार तीन वर्षसम्मका लागि सम्झौता भएकोमा अझै एक बर्ष बाकी रहेको छ । दिगो पर्यटन विकासका लागि भन्दै एसपिसिसीले फोहर व्यवस्थापनका लागि सम्झौता गरेको हो । हाल सम्म फोहोर ढुवानीका लागि ७ वटा उडान गरिएको र जुन १० लाख रकम बराबरको भएको तारा एअरलाइन्सले जनाएको छ । 

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org