कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः [email protected] सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • भाउ घटेपछि महाकुलुङ बासी खुशी

     
    सोलु एफएम, सोलुखुम्बु 
    पछिल्लो समय जुनसुकै बस्तुमा मंहगी बढीरहदाँ सोलुखुम्बुको कोशी पारी क्षेत्रमा भने खाद्यान्न लगायत बस्तुमा भाउ घटेको छ । दुधकोशी पुलबाट गाडी वारपार गर्न थाले सगैँ दैनिक उपभोग्य बस्तु सँगै अन्य बस्तुको भाउ घटेको हो । 
    महाकुलुङको बुङमा सामान पाइने मुल्यमा अहिले गुदेलमा नै सामान पाउन सकिने भएको छ । पहिले दिप्ली देखि खच्चडबाट सामान ढुवानी गर्नुपर्दा सामानहरु महंगो पर्ने गरेकोमा अहिले सवारी साधनले सामान ढुवानीमा लागत कम भए सँगै मुल्य घटेको महाकुलुङ गाउँपालिका वडा नं ४ का व्यापारी सिद्धमान कुलुङले बताउनुभयो । अहिले सोताङ सम्म गाडीबाटै सामानहरु लगिन्छ ।
    स्थानीय जैजराम कुलुङले सामानको भाउ घटेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँका अनुसार पहिले मख्खन चामल २० केजिको २५ सय पर्ने गरेकोमा अहिले २३ सय, चाउचाउ प्रतिकार्टुन ७ सय ७० पर्ने गरेकोमा अहिले ७ सयमा किनबेच भईरहेको छ । 
    यस्तै जस्तापाताको मुल्यमा पनि प्रतिबण्डल ५ सय सम्म मुल्य घटेको हामौ प्रतिनिधि तारा कुलुङले जानकारी दिनुभयो । सवारी साधनको पहुँचमा आए सगैँ त्यहाका स्थानीय हर्षित भएका छन् । स्थानीय नन्द कुमारी कुलुङले बर्षोको सपना पुरा भएको भन्दै आफुहरुलाई राहत मिलेको बताउनुभयो । यसरी सवारी साधन पुगेपछि महाकुलुङ गाउँपालिका बासी लाभान्वित भएका छन् । 
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org