कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः [email protected] सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • सोलुखुम्बुका १४ सय भन्दा बढि नागरीकले गराए स्वास्थ्य विमा, ३९ जना विमितले लिए सेवा

     
    सृष्टि सुनुवार, सोलुखुम्बु
    पौष २८,२०७४ 
    सोलुखुम्बुमा १ हजार ४ सय ६ जनाले हाल सम्म स्वास्थ्य विमा गराएका छन् । विमा गराए बापत ८ लाख ९८ हजार ९ सय २५  रुपियाँ जम्मा भएको सोलुखुम्बुका लागि दर्ता अधिकारी प्रदिपबाबु बस्नेतले जानकारी दिनुभयो । हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्य विमा कार्यक्रम राम्रो सँग संचालन भईरहेको दर्ता अधिकारी बस्नेतको भनाई छ  । यस बर्ष कुल जनसंख्याको ५ प्रतिशत व्यक्तिहरुलाई विमा कार्यक्रममा सहभागि गराउने लक्ष्य रहेको छ ।
    स्वास्थ्य विमा गराएका नागरीकले प्राथमिक स्वास्थ्य केन्द्र सल्यान, सोताङ, जिल्ला अस्पताल फाप्लुबाट सेवा लिन सक्नेछन् । यस्तै सामुदायिक मिसन अस्पताल सोब्रु ओखलढुगां र जिरी अस्पताल दोलखा समेत सेवा प्रदायक स्वास्थ्य संस्था तोकिएको छ । शुक्रबार सम्मको तथ्यांक अनुसार स्वास्थ्य विमा गराएका विमित व्यक्तिले प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा १९ जना, सल्यानमा १६ जना, जिल्ला अस्पताल फाप्लुमा २ जना र सामुदायिक आखाँ केन्द्र फाप्लुमा २ जनाले सेवा लिएको सेवा प्रदायक स्वास्थ्य संस्थाले जनाएका छन् । स्वास्थ्य विमा गराउनका लागि जिल्लामा ३८ जना दर्ता सहयोगी परिचालित छन् ।
    ५ जना सम्म सदस्य भएका परिवारले रु २५ सय तिरेर स्वास्थ्य विमा गराएका हुन् । ६ जना भन्दा माथि सदस्य भएका परिवारले प्रतिव्यक्ति ४ सय २५ का दरले विमाको प्रिमियम बुझाउनुपर्ने हुन्छ । २५ सय तिरेर विमा गर्ने सदस्यले बार्षिक ५० हजार सम्मको सेवा निशुल्क रुपमा निर्धारीत स्वास्थ्य संस्थाबाट लिने छन् । ६ जना भन्दा बढि सदस्य भएका परिवारको सदस्यको प्रत्येक सदस्य बापत १० हजारका दरले सेवा थप हुदै जादाँ बढिमा १ लाख सम्मको सेवा निशुल्क रुपमा अस्पतालबाट लिन सक्ने व्यवस्था गरिएको छ ।  एक पटक विमा गरेपछि एक बर्ष सम्मका लागि हुनेछ । बर्ष दिन पुगेपछि फेरी विमा गर्नुपर्नेहुन्छ ।   
    यसैबीच खुम्बुपासाङल्हमु गाउँपालिकामा भने अझै विमा कार्यक्रम सुरु हुन सकेको छैन । छिमेकि जिल्ला  खोटाङ, भोजपुर, रामेछापमा एक साथ गत २४ गतेबाट विमा कार्यक्रम लागु भएसँगै केन्द्रिय समितिका पदाधिकारीहरु व्यस्त भएपछि खुम्बुमा अभिमुखीकरण कार्यक्रम संचालन हुन नसक्दा विमा कार्यक्रम प्रभावित भएको हो । थप ३ जिल्लामा विमा कार्यक्रम लागु भएपछि  विमा कार्यक्रम संचालन भएको जिल्ला २५ पुगेको छ । चालु आर्थिक बर्ष २०७४÷७५ मा ३९ जिल्लामा कार्यक्रम विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ । 
     
     

     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org