कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः [email protected] सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • लुक्लाका सनकुमारले जिते गाएन स्टार बन्दै बजाज कम्पनीको बाईक ।

    news

    पुस २३, २०७४

    सोलु एफ एम, सल्लेरी ।

                   सोलुखुम्बु गाएन स्टार सिजन २ को उपाधि लुक्लाका सुनकुमार तामाङ्गले जित्नुभएको छ । दर्शकको मत, निर्णायकको अंक तथा आयोजकको तर्फबाट गरिएको मुल्यांकनका आधारमा तामाङ पहिलो स्टार बन्नुभएको हो । आफ्ना ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै तामाङले प्रतियोगिता जितेको फ्रेण्डसिप युथ क्लवका अध्यक्ष महेश किरातीले जानकारी दिनुभयो । तामाङले बजाज कम्पनीको मोटरवाइकको साथमा नगद १० हजार प्राप्त गरेका छन् ।

                    प्रतियोगितामा विनोद राई उपविजेता हुन सफल हुनुभएको छ । यस्तै भोज कुमार राई तृतिय स्थानमा आउनु भएको छ । डोमा शेर्पा, खगिन्द्र नाछिरीङ, रन्जना राई, केशव राई क्रमशः चौथो, पाँचौ, छैटौ र सातौ स्थानमा रहनुभयो ।  द्धितिय र तृतिय हुनेले क्रमशः नगद ३० हजार र २० हजार प्राप्त गरेका छन् । अन्यले ५÷५ हजार नगद प्राप्त गरेका छन्् । जिल्लाको विभिन्न स्थानमा लुकेर रहेको गायन प्रतिभालाई बाहिरा ल्याउने उदेश्य सहित फ्रेण्डशिप युथ क्लव केन्द्रिय कार्यालय सोलुखुम्बले प्रतियोगिता आयोजना गरेको हो ।

                     सोलुखुम्बुको हकमा  गायन प्रतियोगिता मध्ये सबैभन्दा ठुलो पुरस्कार राशीको प्रतियोगिता हो । सोलुखुम्बु गाएन स्टार प्रथम सिजनमा प्रवेश राई विजेता बन्नुभएको थियो । यस्ता प्रतियोगिताले सांगितीक क्षेत्रमा अघि बढ्न चाहानेका लागि निकै महत्व राख्ने चर्चित गायीका कुन्ति मोक्तानले बताउनुभयो । वहाले कार्यक्रममा बोल्नुहुदै उपधि जित्नुमात्र ठुलो कुरा नभई प्रतिभालाई निरन्तरता दिदै अगाडी बढ्न प्रमुख रहेको बताउनुभयो । प्रतियोगीतामा भाग लिएर उपाधि जितेपछि आफ्नो कलालाई जीवन्त नबनाउँदा आफुसंग भएको कलाले सार्थकता नपाउने वहाको भनाई छ ।

                    प्रतियोगिता फाइनल राउण्डमा वरिष्ठ संगितकार तथा गाएक बसन्त सापकोटा, राष्ट्रिय ख्याति प्राप्त गायिका कुन्ती मोक्तान, चर्चित गाएक राजेश पायल राई सोलुखुम्बु आउनुभएको थियो । शुक्रबार देखी सल्लेरीमा जारी फाईनल राउण्डको नजिता शनिबार राती सांगितिक साझका साथमा सार्वजानीक गरिएको थियो ।

     

     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org